Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

वाग्मती प्रदेश: मुख्यमन्त्री जम्कट्टेलाई १०५ सांसदले दिए विश्वासको मत

वाग्मती प्रदेश: मुख्यमन्त्री जम्कट्टेलाई १०५ सांसदले दिए विश्वासको मत


  • 1.8K
    Shares

    वाग्मती प्रदेश: मुख्यमन्त्री जम्कट्टेलाई १०५ सांसदले दिए विश्वासको मत

    वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सदनबाट विश्वासको मत प्राप्त गरेका छन् ।  मंगलबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिएका हुन् । उनलाई सदनमा ३ सिट रहेको नेपाल मजदुर किसान पार्टीबाहेक सबै दलका सांसदले विश्वासको मत दिएका छन् । प्रदेशसभामा ७ वटा राजनीतिक दलहरु रहेका छन् ।

    उनले नेपालको संविधानको धारा १६८ को उपधारा (४) एवम् प्रदेशसभा नियमावली (पहिलो संशोधन) २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम आफूलाई संसदको विश्वासको मत भएको जाँच गर्न उक्त विश्वासको मत सम्बन्धी प्रस्ताव संसदमा पेश गरेका थिए ।

    उनलाई कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, नेकपा (एस) र हाम्रो नेपाली पार्टीका १०५ सांसदले विश्वासको मत दिएका थिए । मतदान प्रक्रियामा १०९ सांसदको उपस्थित थिए । उनको विपक्षमा ३ मत परेको थियो । प्रदेशसभामा कांग्रेस ३७, एमाले २७, माओवादी केन्द्र २१, राप्रपा १३, एकीकृत समाजवादी ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ । सभामुख भुवन पाठक भने मतदान प्रक्रियामा सहभागी भएनन् 

    ११० सदस्यीय प्रदेशसभामा ५६ मत भएको खण्डमा पुग्ने थियो । जम्कट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । जम्कट्टेलले पुस २५ गते मुख्यमन्त्रीको शपथ लिएका थिए । मुख्यमन्त्रीमा शपथ ग्रहण गरेको ३० दिन भित्रमा विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ ।

    विश्वासको मत पाएपछि नवनियुक्त मुख्यमन्त्री मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । हाल प्रदेशको मन्त्रिपरिषद् ३ सदस्यीय रहेको छ । मुख्यमन्त्रीले सभामुख, उपसभामुखको चयन प्रक्रिय सकिएपछि विश्वासको मत लिने तयारी गरेका कारण उनलाई गठबन्धनबाट विश्वासको मत लिन थप सहज भएको हो ।

    प्रकाशित मिति :माघ ३ २०७९ मंगलवार - १६:२५:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij