२०८२ भाद्र ३ गते मंगलवार
सरस्वती बुहमुखी क्याम्पसले आज आफ्नो ६३ औं वार्षिकोत्सव मनाएको छ । आईतवार क्याम्पसले आफ्नो ६३ वसन्त पार गरी ६४औं वर्षमा प्रवेश गरेको अवसरमा वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रममा बोल्दै सरस्वती बुहमुखी क्याम्पस संस्थापक क्याम्पस प्रमुख शंकरराज पाठकले प्राध्यापकहरुलाई नयाँ प्रविधि र शिक्षासम्बन्धी तालिम दिन आवश्यक रहेको बताए । उनले शिक्षकहरुलाई दिएको तालिमले विद्यार्थीहरुलाई अध्यापनका लागि सहज र सरल हुने बताए । नयाँ प्रविधिका शैक्षिक प्रणालीहरु भित्रिरहेको बेलामा प्रविधिमैत्री शिक्षा प्रणालीको विकास हुनुपर्ने उनले बताए ।
क्याम्पस प्रमुख पाठकले क्याम्पस स्थापनाका बेलामा झेल्नुपरेका समस्याहरुलाई क्याम्पसको अहिलेको नतिजाले सन्तोष बनाएको बताए । उनले सरस्वती क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयमा उत्कृष्ट अंक प्राप्त गरेको देख्दा खुशी लागेको बताए । उनले विद्यार्थीहरुलाई खेलुकदमा पनि अब्बल बनाउन क्याम्पसले आवश्यक कदम थालेको बताए।
पाठकले कलेजमा इन्जिनियरिङको विषय पनि अध्ययन गर्न पहल थाल्नुपर्ने बताए। उनले दुई लाखबाट स्थापना गरिएको विद्यालयले अहिले आइपुग्दा विद्यार्थीहरुको अमूल्य भविष्य निर्माण गर्न सकेकोप्रति खुशी प्रकट गरे।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij