Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

गठबन्धन बैठकअघि देउवा-प्रचण्ड 'वान टू वान' वार्ता गर्दै

गठबन्धन बैठकअघि देउवा-प्रचण्ड 'वान टू वान' वार्ता गर्दै


  • 2.0K
    Shares

    गठबन्धन बैठकअघि देउवा-प्रचण्ड 'वान टू वान' वार्ता गर्दै

    सत्ता गठबन्धनको बैठकअघि कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच 'वान टू वान' वार्ता हुने भएको छ । देउवासँग 'वान टू वान' वार्ता गर्न प्रचण्ड बालुवाटार पुगिसकेका छन् ।

    प्रचण्ड र देउवाबीच 'वान टू वान' वार्तापछि फेरि माधव नेपाल, देउवा र प्रचण्डबीच वार्ता हुने माओवादी निकट स्रोतले बतायो । तीन नेताको छलफलपछि सत्ता गठबन्धनको बैठक बस्‍ने बताइएको छ ।

    नयाँ सरकार गठनका लागि सहमति गरिसक्न दलहरूलाई राष्ट्रपति कार्यालयले दिएको समय आज बेलुका सकिँदैछ । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन २०७९ को परिणामसहितको प्रतिवेदन बुझाएपछि राष्ट्रपतिले सात दिनभित्र नयाँ सरकार गठनका लागि पुस ३ गते आह्वान गरेकी थिइन् ।

    नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त नगरेपछि संविधानको धारा ७६ को उपधारा (२) अनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने व्यवस्था रहेको छ । सोही व्यवस्थाअनुसार राष्ट्रपतिले पुस १० गते आइतबार बेलुका ५ बजे भित्र दाबी पेस गर्न राष्ट्रपतिले दलहरूलाई आह्वान गरेकी हुन् । 

    प्रकाशित मिति :पौष १० २०७९ आइतवार - ११:१४:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij