२०८२ माघ ८ गते बिहिवार
राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले एसइइ परीक्षामा सी वा सी भन्दा कम ग्रेड प्राप्त गरी ग्रेड बृद्धि परीक्षामा सम्मिलित भएका र कम्तिमा सी ग्रेड प्लस प्राप्त गर्न नसकेकाले सोही विषयमा मात्र परीक्षा दिन पाउन जनाएको छ । २०७९ साल बैशाख ९ गतेदेखि सञ्चालन भएको एसइइ परीक्षामा सहभागी भई ग्रेड बृद्धि परीक्षामा सी प्लस ल्याउन नसकेका विद्यार्थीले सोही विषयमा मात्र ग्रेड वृद्धि परीक्षा दिनु पेर्न स्पष्ट गरेको छ ।
साथै मंसिर ८ गते प्रकाशित २०७९ सालको माध्यामिक शिक्षा परीक्षा (एसईई)मा सम्मिलित हुने परीक्षार्थीहरुको परीक्षा आवेदन फारामको सूचनामा ग्रेडवृद्धि परीक्षामा सम्मिलित हुन पाउने विद्यार्थीहरुको केही जिल्लाहरुले द्विविधा भएको भनी जिज्ञासा राखेको हुनाले स्पष्ट पारेको सूचना मार्फत जानकारी गराएको छ ।
सबै शिक्षा विकास निर्देशनालय, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय र शाखा कार्यालय सबै, शिक्षा विकास तथा समन्वय इकाइलाई आग्रह गर्दै सूचनामा भनिएको छ “२०७९ बैशाख ९ देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी भई सी वा सी भन्दा ग्रेड ग्रेड प्राप्त गरी २०७९ साल भाद्र ११ र १२ गतेको पुरक (ग्रेडबृद्धि) परीक्षामा सम्मिलित भएका र कम्तिमा सी प्लस ग्रेड प्राप्त गर्न नसकेका विद्यार्थीले सोही विषयमा मात्र परीक्षा दिन पाउने भएकाले सोही अनुसार फाराम भराउने व्यवस्था गर्नहुन ।”

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij