२०८२ माघ १६ गते शुक्रवार
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदीय दलको नेतामा निर्वाचित हुनका लागि उम्मेदवारी दर्ता गराएका छन् । संस्थापनइतर समूहको तर्फबाट उनले उम्मेदवारी दर्ता गराएका हुन् ।
थापाको प्रस्तावमा डा. शेखर कोइराला र समर्थकमा उपसभापति धनराज गुरुङ र अर्का महामन्त्री विश्वप्रकाश शर्मा रहेका छन् ।
मंगलवार बिहान बसेको शेखर–गगन समूहको बैठकले गगनलाई संस्थापन इतर समूहको तर्फबाट संसदीय दलको नेतामा उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवाले संसदीय दलको नेतामा उम्मेदवारी दिने तयारी गरेका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij