२०८२ माघ १६ गते शुक्रवार
नेपाली कांग्रेस संसदीय दलको निर्वाचन बुधबार हुने भएको छ। सिंहदरबारमा बुधबार दिउँसो हुने उक्त निर्वाचनमा सभापति शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापा भिड्ने भएका छन्।
दलको नेताका लागि इतर समूहका नेता डा. शेखर कोइरालाले गगनलाई साथ दिने निर्णय भइसकेको छ।
अहिले यो समूहको बैठक सिंहदरबार अगाडि रहेको होटल बसेरमा चलिरहेको छ। उक्त बैठकपछि गगनको नाम दलको नेताका लागि घोषणा हुनेछ।
कांग्रेस दलको नेताका लागि मंसिर ४ को निर्वाचनबाट प्रत्यक्ष र समानुपातिकसहित ८९ जना सांसद छन्। उनीहरु सबैले दलको नेता छान्न मतदान गर्ने भएका छन्।
दलको निर्वाचनका लागि कांग्रेस संसदीय दलले गठन गरेको निर्वाचन समितिले मतदाताहरुको प्रथम नामावली सार्वजनिक गरिसकेको छ।
यस्तो छ नामावली :





© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij