Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

सुदूरपश्चिमका ५२ जना सांसदलाई रावलले खुवाउने छन् पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिमका ५२ जना सांसदलाई रावलले खुवाउने छन् पद तथा गोपनीयताको शपथ


  • 1.6K
    Shares

    सुदूरपश्चिमका ५२ जना सांसदलाई रावलले खुवाउने छन् पद तथा गोपनीयताको शपथ

    ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा ५२ जना प्रदेश सभा सदस्यहरूलाई मानबहादुर रावलले पद तथा गोपनीयताको शपथग्रहण गराउने भएका छन् । शपथग्रहणको मिति भने तय भइसकेको छैन । प्रदेश प्रमुख देवराज जोशीले आजबाट यस विषयमा छलफल चलाउने छन् ।

    केही दिन भित्रै प्रदेश प्रमुख जोशीले ज्येष्ठ सदस्यका हैसियतमा अछाम क्षेत्र–२ ९२० बाट निर्वाचित रावललाई पद तथा गोपनीयताको शपथग्रहण गराउने र त्यसपछि रावलले अन्य सदस्यलाई शपथग्रहण गराउने तयारी भइसकेको छ ।

    निर्वाचन अयोगले शनिवार प्रदेश प्रमुख जोशीलाई पेस गरेको निर्वाचनको अन्तिम प्रतिवेदन अनुसार नै रावलले अन्य सदस्यहरूलाई शपथ ग्रहण गराउने पक्का भइसकेको हो ।

    प्रदेश सभाका काङ्ग्रेसबाट निर्वाचित रावल ६८ वर्षका हुन् । यस अघि पनि काङ्ग्रेसकी दिव्यश्वरी शाह ज्येष्ठ सदस्य थिइन् ।

    प्रकाशित मिति :पौष ५ २०७९ मंगलवार - १३:२१:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij