२०८२ माघ १६ गते शुक्रवार
नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो ।
सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो । सो छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए ।
कांग्रेसको इतर पक्षले महामन्त्री गगन थापालाई संसदीय दलको नेताका रुपमा साझा उम्मेदवार बनाउने तयारी गरेको छ । मंगलबार बिहान राजधानीको एक होटलमा भएको इतर पक्षको बैठकले थापालाई साझा उम्मेदवार बनाउने विषयमा समझदारी भएको हो ।
यो बैठकलगत्तै फेरि होटल बसेरामा बैठक बसेर नेता शेखर कोइरालाले गगन थापालाई साझा उम्मेदवार प्रस्ताव गर्ने एक नेतालाई बताए । उक्त बैठकमा इतर पक्षका नेता र सांसदहरुको सहभागिता रहने बताइएको छ ।
यसअघि शेखरले पनि संसदीय दलको नेतामा आफू उम्मेदवार हुनुपर्ने दाबी गर्दै आएका थिए । तर, इतर पक्षको छलफलका क्रममा शेखर पछि हट्न तयार भएका हुन् ।
यस्तै संस्थापन पक्षबाट भने देउवा उम्मेदवार हुने भएका छन् । आजै संसदीय दलको नेता चयनका लागि हुने निर्वाचन अनुसार मनोनयन दर्ता हुँदैछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij