Logo

२०८२ माघ १६ गते शुक्रवार

२०८२ माघ १६ गते शुक्रवार

शेखर र गगनबीच छलफल लैनचौरमा जारी

शेखर र गगनबीच छलफल लैनचौरमा जारी


  • 1.5K
    Shares

    शेखर र गगनबीच छलफल लैनचौरमा जारी

    काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर पक्षका शीर्ष नेता आज पनि छलफलमा जुटेका छन् । संसदीय दलको नेतामा इत्तर पक्षबाट साझा उम्मेदवार तय गर्न महामन्त्री गगन थापा र नेता शेखर कोइरालाबीच वार्ता चलिरहेको छ ।

    लैनचौरस्थित एक होटलमा इतर पक्षका शीर्ष नेता भेला भएर थापा र कोइराला मध्ये एक जना मात्र उम्मेदवार बनाउन छलफलमा जुटेका हुन् । सोमबार दिनभरको छलफल निष्कर्षमा पुग्न नसकेपछि आज बिहानै ९ बजेदेखि थापा र कोइराला मिलाउने प्रयास भइरहेको छ ।

    इतर पक्षले थापा र कोइरालालाई मिलेर अगाडि बढ्न दबाब दिने उद्देश्यले विहान ११ बजे आफू पक्षीय सांसद र केन्द्रीय सदस्यको बैठक बोलाएको छ । अनामनगरको एक होटलमा ११ बजे बैठक बस्ने केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले बताए ।

    कांग्रेसमा संसदीय दलको नेताका लागि आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।

    प्रकाशित मिति :पौष ५ २०७९ मंगलवार - ११:१५:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij