२०८२ माघ १६ गते शुक्रवार
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनका लागि मतदाता नामावली प्रकाशन गरिएको छ । बुधबार हुने निर्वाचनका लागि केहीबेर अघि निर्वाचन समितिले नामावली प्रकाशन गरेको हो ।
कांग्रेस संसदीय दलको निर्वाचनमा ८९ जनाले मतदान गर्नेछन् । दलको नेता बन्न भोलि दिउँसो २ बजेदेखि उमेदवारी दर्ता हुनेछ ।
हालसम्म निर्वाचनको मैदानमा सभापति शेरबहादुर देउवासहित, नेता शेखर कोइराला र महामन्त्री गगन कुमार थापा भिड्ने तयारी छन् ।





© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij