२०८२ माघ १६ गते शुक्रवार
नेपाली कांग्रेसले पुस ६ गते बुधबार संसदीय दलको चुनाव गर्ने गरी तयारी थालेको छ। निर्वाचन समितिका संयोजकसमेत रहेका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले बुधबार चुनाव गर्ने गरी तयारी भइरहेको जानकारी दिए।
‘बुधबार संसदीय दलको नेता चयनका लागि निर्वाचन गर्ने तयारी भइरहेको छ,’ उनले भने। बुधबार बिहान ८ बजेदेखि सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा निर्वाचन गर्ने गरी तयारी गरिएको छ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आइतबार सानेपामा बसेको बैठकले संसदीय दलको चुनावका लागि ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो।
संसदीय दलको नेताका लागि सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा र नेता शेखर कोइराला उम्मेदवार हुने सम्भावना छ। तर कोइराला र थापा १४ औं महाधिवेशनमा एकै समूहमा रहेकोले उनीहरूबीच सहमति गरी एक जना उम्मेदवार हुनुपर्ने उक्त समूहभित्र माग छ।
यस्तो छ कांग्रेस संसदीय दलको नेता निर्वाचनसम्बन्धी कार्यतालिका

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij