Logo

२०८२ कार्तिक १ गते शनिवार

२०८२ कार्तिक १ गते शनिवार

कुनै महिलासँग यौन सम्बन्ध राख्नु परेमा २४ घण्टा अघि प्रहरीलाई जानकारी दिनुपर्ने

कुनै महिलासँग यौन सम्बन्ध राख्नु परेमा २४ घण्टा अघि प्रहरीलाई जानकारी दिनुपर्ने


  • 13.0K
    Shares

    कुनै  महिलासँग यौन सम्बन्ध राख्नु परेमा २४ घण्टा अघि प्रहरीलाई जानकारी दिनुपर्ने
    images

    संसारको कुनैपनि देशमा श्रीमान र श्रीमतीलाई एकअर्कासंग यौन सम्पर्क राख्ने अधिकार कानूनी रुपमा नै दिईएको छ । तर बेलायतको एक अदालतले एउटा युवालाई शारीरक सम्बन्धको विषयमा भने सुन्दा अचम्म लाग्ने निर्णय सुनाएको छ ।

    ती युवकलाई कुनै महिलासँग यौन सम्बन्ध स्थापित गर्नु २४ घण्टा अघि प्रहरी र महिला दुबैलाई यसबारे जानकारी दिनुपर्ने आदेश दिइएको छ ।

    ३९ वर्षका एक युवकले कुनै महिलासँग यौन सम्बन्ध राख्न चाहेमा २४ घण्टा पहिल्यै पुलिस र सम्बन्धित महिलालाई आफ्नो चाहनासहित सूचना दिनुपर्नेछ । बेलायतको एक अदालतले यस्तो आदेश दिएको हो । अदालतले ती युवकलाई कुनै पनि महिलासँग अनावश्यक कुरा गर्न पनि प्रतिबन्ध लगाएको छ ।

    डेलीमेलको रिपोर्ट अनुसार अदालतले युवकविरुद्धको आरोप सुनेपछि उनलाई सेक्सुअल रिस्ट्रेन्ट अर्डर थमाइदिएको छ । युवकमाथि १४ वर्षकी एक किशोरीसँग यौन सम्बन्ध स्थापित गर्ने कोसिसलगायतका सात आरोप लागेका छन् ।

    बेलायतमा सेक्सुअल रिस्ट्रेन्ट अर्डर एउटा यस्तो आदेश हो जुन त्यस्ता व्यक्तिलाई दिइन्छ जसको दोष प्रमाणित भएको छैन र जसबाट समाजलाई खतरा छ ।

    निर्माण क्षेत्रमा काम गर्ने यी पुरुषलाई दैनिक कामकाजमा कुरा नगरी नहुने महिलासँग मात्रै कुरा गर्न अनुमति दिइएको छ । जस्तै महिला बस कन्डक्टर, महिला प्रहरी । यसका साथै उनले कुनै महिलासँग यौन सम्बन्ध स्थापित गर्न चाहेको खण्डमा २४ घण्टा अघि प्रहरीलाई यसबारे जानकारी दिनुपर्नेछ ।

    प्रकाशित मिति :माघ २२ २०७७ बिहिवार - १५:४७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij