Logo

२०८२ माघ ८ गते बिहिवार

२०८२ माघ ८ गते बिहिवार

भुवन केसीले अध्यक्षको हैसियतमा कामकाज गर्न पाउने भए, सर्वोच्चले दिएन अन्तरिम आदेश

भुवन केसीले अध्यक्षको हैसियतमा कामकाज गर्न पाउने भए, सर्वोच्चले दिएन अन्तरिम आदेश


  • 2.7K
    Shares

    भुवन केसीले अध्यक्षको हैसियतमा कामकाज गर्न पाउने भए, सर्वोच्चले दिएन अन्तरिम आदेश

    काठमाडौं । भुवन केसीले चलचित्र विकास बोर्डका अध्यक्षको हैसियतमा कामकाज गर्न पाउने भएका छन् ।

    उनको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले साउन ३० मा उनलाई विकास बोर्डको अध्यक्षको हैसियतमा कामकाज नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।

    त्यसपछि लामो समय सुनुवाइ रोकिएको यो रिटमा सोमबार न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले अन्तरिम आदेशलाई निरन्तरता नदिने आदेश दिएको हो ।

    यो आदेशसँगै केसीले विकास बोर्डको अध्यक्षको हैसियतमा काम गर्न तत्काललाई बाटो खुलेको केसीको तर्फबाट बहस गरेका कानुन व्यवसायी परशुराम कोइरालाले बताए ।

    सर्वोच्चले यो मुद्दालाई पूर्ण सुनुवाइमा पठाउने आदेश पनि दिएको छ । विकास बोर्डको अध्यक्षका लागि स्नातक उतीर्ण हुनुपर्ने व्यवस्था भए पनि केसी स्नातक उतीर्ण नभएको भन्दै नरेशकुमार पौड्यालसहित ५ जनाले रिट दिएका थिए ।

     

    प्रकाशित मिति :मंसिर १९ २०७९ सोमवार - १६:०५:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij