Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

मंसिर ७ गते २२ राजनीतिक संगठनको देशब्यापी प्रदर्शनको तयारी

मंसिर ७ गते २२ राजनीतिक संगठनको देशब्यापी प्रदर्शनको तयारी


  • 8.5K
    Shares

    मंसिर ७ गते २२ राजनीतिक संगठनको देशब्यापी प्रदर्शनको तयारी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) र नेकपा (क्रान्तिकारी माओवादी) लगायत २२ राजनीतिक दल तथा संगठनहरुले मंसिर ७ गते देशब्यापी विरोध प्रदर्शनको तयारी गरेका छन् ।

    गत कात्तिक २७ गते बसेको संयुक्त बैठकको निर्णय बमोजिम देशका विभिन्न स्थानमा विरोध प्रदर्शनको तयारी गरिएको हो । २२ दलले काठमाडौंको माइतीघर मण्डलामा दिउँसो १ बजे विरोध प्रदर्शन गर्नेछन् भने देशका विभिन्न शहरहरुमा पनि प्रदर्शन हुनेछ । देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेलले देशमा प्रतिकृयावादी शक्तिहरुको चलखेलले देशका अस्मिता माथि खतरा रहेको भन्दै देश व्यापी प्रर्दशन र आन्दोलनका कार्यक्रम जनता माझ लान आवश्यक रहेको बताए ।

    अध्यक्ष गजुरेलले विभिन्न समयमा गरिएका राष्ट्रघाती सम्झौताको खारेजी, भारतले अतिक्रमण र कब्जा गर्दै आएको लिम्यिाधुरा–कालापानी–लिपुलेक, सुस्ता, महेशपुर आदि भूभागमाथि नेपालको स्वामित्व कायम गर्ने, कोभिड-१९ को रोकथाम, नियन्त्रण र निःशुल्क उपचार, कोरोनामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई जोखिम भक्ता दिनु पर्ने, बेरोजगार र विपन्न वर्गलाई खानालगायत न्यूनतम सुविधा, रोजगारीको व्यवस्था, निःशुल्क शिक्षा र स्वास्थ्यको व्यवस्था, उखु किसानको बक्यौता रकम तुरुन्त दिलाउने आदि विषयमा सरकारलाई दबाब दिन विरोध प्रदर्शन गर्न लागिएको बताए ।

    सबै प्रदेशहरुका मुख्य मुख्य शहरमा प्रदर्शनको तयारी भइरहेको नेकपा मसालका बागमती प्रदेश प्रवक्ता समिर सिंहले बताए । उनले अमेरिकी संस्था एमसीसीसँग नेपालका विभिन्न सरकारद्वारा गरेको असमान सन्धी खारेजी गर्न जस्तो सुकै मूल्य चुकाउन पनि तयार रहेको उनको जिकिर छ ।

    संयुक्त बैठकमा नेकपा महामन्त्री मोहनविक्रम सिंह, नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन वैद्य, नेकपा (माले)का महासचिव सिपी मैनाली, र देशभक्त जनगणतान्त्रिक मोर्चाका सीपी गजुरेल,राष्ट्रिय जागरण मञ्च, नेपाल कम्युनिष्ट पार्टीका लोकनारायण सुवेदी, नेकपा (माओवादी केन्द्र)का गोपाल किराती, जनसमाजवादी पार्टीका सुभासराज काफ्ले, जनजागरण परिषदका साध्यबहादुर भण्डारी, नेकपा (संयुक्त)लगायत २२ राजनीतिक दलहरुले देशव्यापी प्रदर्शन गर्नेछन् ।

    प्रकाशित मिति :मंसिर ६ २०७७ शनिवार - १५:१४:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij