२०८२ मंसिर ११ गते बिहिवार
काठमाडौं । साताको अन्तिम कारोबारको दिन पनि शेयर बजार बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १०.४३ अंकले बढेर २,६७६ को विन्दुमा कायम भएको छ ।
आज १३१ कम्पनीको शेयर मूल्य बढेको छ भने १२१ कम्पनीको शेयर मूल्य घटेको छ । आज ३३३ कम्पनीको १ करोड ४६ लाख ९३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६२ करोडको शेयर कारोबार भएको छ ।
त्यस्तै विकास बैंक ०.१७, होटल तथा पर्यटन ०.३३, हाइड्रोपावर ०.०१, लगानी ०.७२, जीवन बीमा ०.१४, निर्जीवन बीमा ०.०८ प्रतिशत बढेको छ । व्यापार ०.१४, अन्य ०.०५, उत्पादन तथा प्रशोधन ०.२६, माइक्रोफाइनान्स ०.३५ तथा फाइनान्स ०.३८ प्रतिशत घटेको छ ।
चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी र श्रीनगर एग्रिटेक छन् ।
आज सबैभन्दा धेरै एनआरएन कम्पनीको ४० करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ भने ङादी ग्रुप पावरको १६ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij