२०८२ भाद्र २४ गते मंगलवार
नेपाली मूलकी १७ वर्षिया परिजिता बास्तोला अमेरिकी गायन रियालिटी शो 'द भ्वाइस' को सेमिफाइनलमा प्रवेश गरेकी छन्।
कोच जोन लिजेन्डको तर्फबाट उनले टप १२ मा एलेसिया काराको 'स्कार्स टु योर ब्युटिफुल' बोलको गीत गाएकी थिइन्। उनको गीत सुनेर चारै जना कोचले तारिफ गरेका गरे।
सेमिफाइनलमा प्रवेश गरेपछि उनले एक भिडिओमार्फत शुभचिन्तकलाई धन्यवाद व्यक्त गरेकी छन्। साथै उनले फाइनलको लागि दुई साता मात्रै रहेको हुँदा भोट गर्न अपिल गरेकी छन्।
सेफिफाइनलमा उनले ८ जना प्रतिस्पर्धीसँग प्रस्तुति दिनेछिन्। परिजिताको ब्लाइन्ड अडिसनबाटै चर्चा भइरहेको छ। उनले ब्लाइन्ड अडिसनमा गायक ल्याब्रिन्थको ‘जेलस’ बोलको गीत गाउँदै चारै जना कोचको कुर्सी घुमाएकी थिइन्।
गायन रियालिटी शो ‘द भ्वाइस’ अमेरिकाको एनबिसी टेलिभिजनबाट प्रसारण भइरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij