२०८२ भाद्र ३ गते मंगलवार
बाग्लुङ क्षेत्र नं. २ मा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार तथा वर्तमान शिक्षामन्त्री देवेन्द्र पौडेलले अग्रता फराकिलो बनाएका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनको मतगणनामा याे समाचार तयार पार्दासम्म पौडेलले १९०९ मत प्राप्त गरेका छन् । प्रतिद्वन्द्वी नेकपा एमालेका मञ्जु शर्मा चालिसेले १०३५ प्राप्त गरेकी छन् ।
उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा १ मा कांग्रेस उम्मेदवार जित शेरचन २९९५ मतसहित अग्रस्थानमा छन् भने उनलाई स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीमगरले २७५९ मतसहित पछ्याइरहेका छन् ।
साथै, प्रदेशसभा २ मा नेपाली कांग्रेसका दोर्णकुमार कुवँर ४२८३ मतसहित अग्रस्थानमा छन् भने एमालेका लक्ष्मण पुन ३५६८ मतसहित दोस्रो स्थानमा छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij