Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

गजलकार पुरूषोत्तम रसुवाको दोस्रो गजल सङ्ग्रह 'सुनको बिहान' सार्वजनिकीकरण

गजलकार पुरूषोत्तम रसुवाको दोस्रो गजल सङ्ग्रह 'सुनको बिहान' सार्वजनिकीकरण


  • 3.0K
    Shares

    गजलकार पुरूषोत्तम रसुवाको दोस्रो गजल सङ्ग्रह 'सुनको बिहान'  सार्वजनिकीकरण

    गजलकार पुरूषोत्तम रसुवाको दोस्रो गजल सङ्ग्रह 'सुनको बिहान' एक गरिमामय समारोहबीच राजधानीमा अवस्थित एसएस कलेजको प्राङ्गणमा सार्वजनिकीकरण गरियो । कार्यक्रमलाई प्रमुख अतिथिको तर्फबाट सम्बोधन गर्दै प्राज्ञ तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्यसचिव प्रा• जगत् प्रेक्षितले रसुवाका गजलले समाजको आवाज बोलेको बताए ।

    314076029_442418908042805_8336391096591413241_n.jpg

    उनले जीवनको लयलाई सचेत ढङ्गले पक्रेको दाबी गर्दै एउटा अनन्त सम्भावना रहेको गजलकारका रूपमा रसुवालाई चित्रित गरे । लेखकले सधैँ जीवनबोधी सिर्जनामा आफूलाई समर्पित गर्नुपर्ने जिकिर गर्दै पुस्तकका प्राविधिक पक्षलाई समेत ध्यान दिनुपर्ने उनको राय थियो । त्यसै गरी अर्का अतिथि प्रकाशपुञ्जले आफूले रसुवालाई मिहिनरूपमा चिनेको भन्दै उनको सिर्जनात्मक क्षमताको खुलेर प्रशंसा गरे । चर्चित गजलकार तथा कवि बाबु त्रिपाठीले आफूले रसुवाका गजल तीन महिनाअघिदेखि अध्ययन गरेको बताउँदै उनका गजलले अझै बढी सामाजिक परिवेश बोल्नुपर्ने खुलासा गरे । मायाप्रीतिका शृङ्गारिक गजलको बाढी नै आएको दाबी गर्दै उनले अबका गजलमा समकालीन समाजका तमाम मुद्दा अभिलेखीकरण हुनुपर्ने अभिमत राखे । यसका निम्ति रसुवा एक सत्पात्र बन्न सक्ने उनको विचार थियो । प्रकाशिका सुलोचना गौतमले पुरूषोत्तमका गजल पठनीय लागेकाले आफूले प्रकाशनको जिम्मा लिएको खुलासा गरिन् । लोकार्पण कार्यक्रममा उपस्थित पाहुनाहरूलाई मुक्तक प्रतिष्ठान नेपालका अध्यक्ष तथा त्रिशूली वाङ्मयका का•वा• महासचिव राजेन्द्र घिमिरे 'सागर'ले स्वागत गरेका थिए भने सङ्गीतकार तथा म्युजिक भिडियो निर्माता बादल घिमिरेले धन्यवाद ज्ञापन गरेका थिए । त्यसरी नै गजलकार पुरूषोत्तम रसुवाले रचनागर्भबारे सङ्क्षिप्त मन्तव्य दिँदै सङ्ग्रहभित्र समेटिएका गजलका केही सेर वाचन गरे । ठीक त्यसैगरी अर्का गजलकार दीप्तप्रकाश अधिकारीले रसुवाका केही सेर गजल वाचन गरे ।

    314429531_684470289593123_7252050643070698677_n.jpg

    माधव घिमिरे 'अटल'ले सहजीकरण गरेको सो कार्यक्रमका अध्यक्ष गोलढुङ्गा साहित्य परिषद् का अध्यक्ष देवेन्द्र अर्याल 'आँसु'ले कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएकोमा सन्तोष व्यक्त गर्दै कार्यक्रमको बिट मारे । कार्यक्रममा सूचक प्रकाशनका दीपक भेटुवाल 'दीपसागर',चर्चित नियात्राकार राजेन्द्रमान डङ्गोल, सुनिल स्पन्दन,उत्तम विचारलगायतका स्रष्टाहरूको पनि उपस्थिति थियो ।

    प्रकाशित मिति :कार्तिक २४ २०७९ बिहिवार - १४:४३:५१ बजे
    प्रतिक्रिया

    माधव घिमिरे 'अटल'

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij