२०८२ भाद्र २४ गते मंगलवार
निवार्चनले राजनीति क्षेत्रलाई मात्र हाेइन, कला क्षेत्रलाई पनि छपक्कै छोपेको छ। कोही खुलेरै पार्टी र उम्मेदवारको समर्थनमा छन् भने कोही तठस्थ छन्।
यसैबीच कलाकार दीपक राज गिरी र निर्देशक निश्चनल बस्नेतबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ।
गिरीलेले फेसबुक स्टाटसमा आफूले कुनै पनि पार्टी या उम्मेदवारका लागि भोटको अपिल नगर्ने पोस्ट गरेपछि त्यसको कमेन्टमा आवश्यक परेको बेलामा देशको हितका लागि बोल्नुपर्ने दायित्व कलाकारको पनि रहेको बस्नेतले लेखेका हुन्।
उनले लेखेका छन्, ‘राष्ट्रलाई गहिरो खाल्डोबाट जोगाउन भूमिका खेल्नु पनि गहनाको कर्तव्य होला। पेशाभन्दा पहिला देश, की के हो दाई।’
निश्चल कुनै पार्टीमा आबद्ध नभए पनि सामाजिक सञ्जालमार्फत स्वतन्त्र तथा युवा उम्मेदवारहरूको पक्षमा बोल्दै आएका छन्।
त्यस्तै, निश्चलको भनाइ आधा सत्य रहेको बताउँदै दीपकले प्रतिक्रिया मै लेखेका छन्, ‘वकिलले राम्रो गरेन, वकिल खोज्ने, डाक्टरले राम्रो गरेन डाक्टर बन्न जाने, मन्त्रीले राम्रो गरेन मन्त्री खोज्न जाने गरेर साध्य चल्दैन ब्रदर। आफू जे हो, त्यो काम इमानदार भएर गर्नु पर्छ भन्ने आशय मात्रै हो। हामीले सपोर्ट गरेकोले पनि देश लाइ खाल्डोमा हाल्दैनन् भन्ने केही ग्यारेन्टी छ र ब्रदर ?’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij