Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षक सेवा आयोग: केन्द्रले शिक्षकको रिक्त दरबन्दी विवरण अहिलेसम्म किन पठाएन?

शिक्षक सेवा आयोग: केन्द्रले शिक्षकको रिक्त दरबन्दी विवरण अहिलेसम्म किन पठाएन?


  • 2.6K
    Shares

    शिक्षक सेवा आयोग: केन्द्रले शिक्षकको रिक्त दरबन्दी विवरण अहिलेसम्म किन पठाएन?

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षकहरुको रिक्त दरबन्दी अहिलेसम्म पनि नपठाउँदा शिक्षक सेवा आयोगको बार्षिक कार्यतालिका प्रभावित हुने देखिएको छ । केन्द्रले शिक्षकको रिक्त दरबन्दी विवरण आयोगमा असोज मसान्तसम्म पठाई सक्नुपर्ने कानुनी प्रावधान भएता पनि अहिलेसम्म नपठाउँदा शिक्षक सेवा आयोगको बार्षिक कार्यतालिका प्रभावित हुने देखिएको हो ।

    शिक्षक सेवा आयोगले बार्षिक कार्यतालिका अनुसार तीनै तहका लागि विज्ञापन गर्ने तयारी थाले पनि बार्षिक कार्यतालिका अनुसार प्राप्त दरबन्दीका आधारमा कार्तिक महीना भरीमा खुला तथा समावेशी समुहहरुको प्रतिशत निर्धारण गर्नुपर्नेमा हालसम्म रिक्त दरबन्दी विवरण प्राप्त नहुँदा आयोगबाट प्रकाशित बार्षिक कार्यतालिका प्रभावित हुने सम्भावना देखिएको सूचना अधिकारी सुदर्शन मरहठ्ठाले जानकारी दिएका छन् ।

    शिक्षक सेवा आयोगको नियमावली २०५७ को उपनियम ८ को ४ बमोजिम शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८९ चैत्र मसान्तसम्म रिक्त हुन आउने दरबन्दी विवरण शिक्षक पदपुर्तिका लागि शिक्षक सेवा आयोगमा असोज मसान्त भित्र पठाई सक्नुपर्ने व्यवस्था छ । त्यसैका आधारमा नियम ११ क बमोजिम प्राप्त दरबन्दीका आधारमा कार्तिक महीना भरीमा खुला तथा समावेशी समुहहरुको प्रतिशत निर्धारण गर्नुपर्ने हुन्छ ।

    केन्द्रले बारम्बार ताकेता गरेपनि केही शिक्षा विकास तथा समन्वय एकाइले रिक्त शिक्षक दरबन्दी विवरण केन्द्रमा नपठाउँदा आयोगलाई दरबन्दी विवरण पठाउन ढिलाइ भएको जानाएको छ ।

    आयोगका अनुसार अहिलेसम्म पनि केन्द्रबाट रिक्त दरबन्दी नआएकोले थोरै समयमा काम गर्न कठीन हुने भएकोले शिक्षकहरुको रिक्त पदपुर्तिका लागि गरिने विज्ञापनमा प्रभाव पर्ने देखिएको मरहठ्ठाले बताए । आयोगले माध्यमिक तहको पुसमा, निम्न माध्यमिक तहको माघमा र प्राथमिक तहको फागुनमा विज्ञापन गर्ने कार्यतालिकामा उल्लेख गरेको छ ।

    निम्न माध्यमिक तहको विषयगत परीक्षाको नतिजा मंसिरभित्र प्रकाशित गर्ने

    निम्न माध्यमिक तहको विषयगत परीक्षाको नतिजा प्रकाशनको सवालमा आयोगले वार्षिक कार्यतालिकामा उल्लेख गरीएको समयसिमा भित्रै प्रकाशन गर्ने गरी आन्तरिक तयारी गरेको जनाएको छ । तर उक्त अवधिमा निर्वाचन परेकोले कर्मचारी निर्वाचनका काममा खटिनुपर्ने भएकोले केही दिन ढिलाई हुनसक्ने आयोगले सूचना अधिकारी सुदर्शन मरहठ्ठाले बताएका छन् ।

    वार्षिक कार्यतालिकामा कार्तिक मंसिरमा नतिजा प्रकाशन गर्ने उल्लेख भएकोले त्यसै अनुरुप आयोगले तयारी गरेको मरहठ्ठाले बताए । उनले निम्न माध्यमिक तहको नतिजा प्रकाशन पश्चात मात्र प्राविको नतिजा प्रकाशनको तयारी थाल्ने जानकारी दिए ।

    प्रकाशित मिति :कार्तिक २३ २०७९ बुधवार - ११:२७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij