Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षक नियुक्ति तथा पदस्थापन सम्बन्धी केन्द्रको यस्तो निर्देशन (पत्रसहित)

शिक्षक नियुक्ति तथा पदस्थापन सम्बन्धी केन्द्रको यस्तो निर्देशन (पत्रसहित)


  • 9.5K
    Shares

    शिक्षक नियुक्ति तथा पदस्थापन सम्बन्धी केन्द्रको यस्तो निर्देशन (पत्रसहित)

    शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतियोगिता मार्फत् सिफारिस भएका शिक्षकको नियुक्ति तथा पदस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकाे जनाएको छ ।

    केन्द्रले शिक्षक सेवा आयोगको कात्तिक १५ को निर्णय अनुसार  माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाको विज्ञापन अनुसार स्थायी नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारलाई नियुक्तिका लागि सम्बन्धित निकायमा पठाएको हो ।

    छनोटमा परेका शिक्षकहरूको विषयगत र प्रदेशगत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरण, जिल्लाको विषयगत पद संख्या सहितको विवरण साथै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको कात्तिक १८ को मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत शिक्षक पदस्थापनाका आधार एवम् मार्गदर्शन सहितको विवरण ७ वटै प्रदेश स्थित शिक्षा विकास निर्देशनालयमा स्वीकृत आधार तथा मार्गदर्शनमा तोकिए बमोजिम पठाइएको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

     

    media_file-1-1206586618-page-001.jpg
     

    प्रकाशित मिति :कार्तिक २३ २०७९ बुधवार - ११:१५:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij