Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

प्रमाणपत्र तहको प्रवेश परीक्षा सीटीइभीटीले पुनः सञ्चालन गर्ने (सूचनासहित)

प्रमाणपत्र तहको प्रवेश परीक्षा सीटीइभीटीले पुनः सञ्चालन गर्ने (सूचनासहित)


  • 2.0K
    Shares

    प्रमाणपत्र तहको प्रवेश परीक्षा सीटीइभीटीले पुनः सञ्चालन गर्ने (सूचनासहित)

    प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीट) परीक्षा नियन्त्रण कार्यालयले प्रमाणपत्र तह शैक्षिक कार्यक्रमको पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ ।

    परिषद्बाट शैक्षिक सत्र २०७९/०८० सञ्चालन हुने प्रमाणपत्र तहका पूर्ण शुल्कीय कार्यक्रमका लागि खुलाएको सिटहरू रिक्त भएपछि कार्यालयले प्रवेश परीक्षा पुनः लिने भएको हो ।

    यसअघि पनि कार्यालयले साउन २१ र भदौ २२ गते प्रवेश परीक्षाको लागि आवेदन खुलाएको थियो । कार्यालयले डिप्लोमा इन फार्मेसी, सामान्य चिकित्सा र नर्सिङ बाहेकका स्वास्थ्य तर्फका कार्यक्रमहरूमा पूर्ण शुल्कीयतर्फ प्रवेश परीक्षा सञ्चालन गर्न सीटीईभीटीले आवेदन माग गरेको छ ।

    इच्छुक विद्यार्थीले कात्तिक २७ गते आइतबारभित्र आवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।

    त्यस्तै गरी शैक्षिक सत्र २०७९/८० मा निःशुल्क सञ्चालन गरिने प्रि-डिप्लोमा तहको २४ महिना अवधिको औद्योगिक प्रशिक्षार्थी तालीममा शैक्षिक कार्यक्रम तथा कोटाहरूमा पनि पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने भएको छ ।

    कार्यालयले तोकिएको सिट पूरा नभएको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाबाट जानकारी आएकोले पुनः प्रवेश परीक्षा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ ।

    परिषद् कार्यालयबाट औद्योगिक प्रशिक्षार्थी तालीम कार्यक्रम सञ्चालन अनुमति प्राप्त आङ्गिक, साझेदार तथा टीइसीएस सामुदायिक विद्यालयहरूमा प्रशिक्षार्थी छनोट गरी भर्ना लिई तोकिएको कोटाभित्र आवेदन भराउन निर्देशन दिएको छ ।

    हेर्नुहोस् सूचना:

    प्रकाशित मिति :कार्तिक २२ २०७९ मंगलवार - ११:५२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij