Logo

२०८२ माघ १२ गते सोमवार

२०८२ माघ १२ गते सोमवार

२२ कराेड ६६ लाख मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

२२ कराेड ६६ लाख मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक


  • 2.1K
    Shares

    २२ कराेड ६६ लाख मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

    नेपाल राष्ट्र बैंकले २२ कराेड ६६ लाख रुपैयाँ बराबरकाे रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएकाे छ ।

    बैंकले बैंककाे विभिन्न कोषमा रहेको उक्त रकम ३६६ दिनका लागि (२०७९ साल मंसिर २ गतेदेखि २०८० साल मंसिर २ गतेसम्म) बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्न लागिएको एक सूचना मार्फत जानकारी दिएकाे छ । 

    बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा १८ कराेड १४ लाख रुपैयाँ, ‘ख’ वर्गका विकास बैंकहरुमा ३ करोड ३९ लाख रुपैयाँ र ‘ग’ वर्गका वित्त कम्पनीहरुमा एक कराेड १३ लाख रुपैयाँ गरी कूल २२ कराेड ६६ लाख रुपैयाँ लगानी गर्न लागेको हो ।

    बैंक तथा वित्तीय संस्थाले कार्तिक २१ गते राती १२ बजेभित्र आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाएर राष्ट्र बैंकमा पेश गर्नुपर्नेछ ।

     

    6364e53320d25.jpg 6364e53ad5623.jpg

    प्रकाशित मिति :कार्तिक १८ २०७९ शुक्रवार - १६:३७:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij