Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

निर्वाचन लगत्तै विज्ञापन खोल्ने शिक्षक सेवा आयोगको यस्तो तयारी

निर्वाचन लगत्तै विज्ञापन खोल्ने शिक्षक सेवा आयोगको यस्तो तयारी


  • 3.5K
    Shares

    निर्वाचन लगत्तै विज्ञापन खोल्ने शिक्षक सेवा आयोगको यस्तो तयारी

    काठमाडौँ । शिक्षक सेवा आयोगले निर्वाचन लगत्तै विज्ञापन खोल्ने तयारी गरेको छ ।

    आयोगका अनुसार पहिलो चरणमा माध्यमिक विद्यालय तहको विज्ञापनको प्रक्रिया सुरु गर्ने आयोगको कार्यतालिका रहेको बताइएको छ ।

    शिक्षा ऐनमा विद्यालय तहको संरचना दुई तह मात्र हुने उल्लेख गरे पनि आयोगले तीनै तहको संरचनाअनुसार शिक्षक नियुक्ति प्रक्रियालाई निरन्तरता दिन लागेको हो ।

    आयोगले नियमित रूपमा विज्ञापन खुला गरी शिक्षकको परीक्षा सञ्चालन गर्न पाए ३ वर्षभित्रमै शिक्षक अभाव परिपूर्ति हुने अपेक्षा छ ।

    यसैबीच आयोगले २०७८ माघमा सञ्चालन गरेको माध्यमिक तहको परीक्षामा उत्तीर्ण १ हजार ५ सय ५२ मध्ये उत्तीर्ण भएका १ हजार १ सय ८४ जना मावि तहको शिक्षक नियुक्ति गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई सिफारिस गरेको छ ।

    आयोगले मङ्गलवार लिखित र मौखिक परीक्षाको परीक्षाफलबाट उत्तीर्ण १२ विषयका शिक्षकलाई मावि तहको स्थायी दरबन्दीमा सिफारिस गरेको थियो ।

    प्रकाशित मिति :कार्तिक १७ २०७९ बिहिवार - १२:०२:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij