Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

पुनः तिनै तहको विज्ञापन खोल्दै शिक्षक सेवा आयोग, यस्तो छ कार्यतालिका !

पुनः तिनै तहको विज्ञापन खोल्दै शिक्षक सेवा आयोग, यस्तो छ कार्यतालिका !


  • 9.1K
    Shares

    पुनः तिनै तहको विज्ञापन खोल्दै शिक्षक सेवा आयोग, यस्तो छ कार्यतालिका !

    विद्यालयको तहगत संरचना आधारभूत तह र माध्यमिक तह भए पनि शिक्षक सेवा आयोगले पुन तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको छ । आयोगले बार्षिक कार्यतालिका अनुसार तीनै तहका लागि विज्ञापन गर्ने तयारी थालेको हो ।

    शिक्षा तथा मानवस्रोत विकास केन्द्रले पठाएको रिक्त दरबन्दी र गत वर्षको विज्ञापनमा पुराहुन नसकेका दरबन्दी अनुसार विज्ञापन गर्ने तयारी थालेको जनाएको छ ।

    आयोगले बार्षिक कार्यतालिका अनुसार मंसिरमा प्राथमिक तह, पुसमा माध्यमिक तह र माघमा निम्नमाध्यमिक तहको विज्ञापन गर्ने छ ।

    आयोगका अनुसार चालु शैक्षिक सत्रको चैत्र मसान्तसम्म रिक्त हुने दरबन्दी विवरण केन्द्रले पठाउनसाथ विज्ञापन गर्ने तयारी थालेको छ ।

    आयोगले वार्षिक कार्यतालिका अनुसार मंसिरमा प्राथमिक तह, पुसमा माध्यमिक तह र माघमा निम्नमाध्यमिक तहको विज्ञापन गर्ने छ । चालु शैक्षिक सत्रको चैत्र मसान्त सम्म रिक्त हुने दरबन्दी विवरणल केन्द्रले पठाउनासाथा विज्ञापन गर्ने तयारी थालेको आयोगले जनाएको छ । आयोगले २०७८ माघमा संचालन गरेको माध्यमिक तहको परीक्षामा सहभागी ३५ हजार ५५६ जना परीक्षार्थी मध्ये ३ हजार ८८६ परीक्षार्थी मात्र सामान्य परीक्षामा सफल भएका थिए । सामान्य परीक्षा सफल भएका मध्ये माविका अधिकांश विषय शिक्षक नियुक्तिका लागि आयोगले सिफारिस गरिसकेको छ । आयोगले माविका सबै विषयको नितिजा प्रकाशन गरे लगत्तै निमाविको विषयगत नतिजा सार्वजनिक गर्ने आयोगले जनाएको छ ।

    प्रकाशित मिति :कार्तिक ६ २०७९ आइतवार - १३:३६:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij