Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

परिषदको लाइसेन्स समयमा नपाए बीपीएचका विद्यार्थी आयोगको प्रवेश परीक्षाबाट बञ्चित हुने

परिषदको लाइसेन्स समयमा नपाए बीपीएचका विद्यार्थी आयोगको प्रवेश परीक्षाबाट बञ्चित हुने


  • 2.1K
    Shares

    परिषदको लाइसेन्स समयमा नपाए बीपीएचका विद्यार्थी आयोगको प्रवेश परीक्षाबाट बञ्चित हुने

    नेपाल स्वास्थ्य व्यवसायी परिषदले लाइसेन्स प्रमाणपत्र ढिला वितरण गर्दा बीपीएचका परीक्षार्थी स्नातकोत्तर तहको फाराम भर्न बञ्चित हुने भएका छन् ।

    नेपाल स्वास्थ्य व्यवसायी परिषदले जनस्वास्थको बीपीएच लाइसेन्स प्रमाणपत्र परीक्षा असोज १ गते सञ्चालन गरेको थियो । परिषद्ले परीक्षाको नतिजा असोज ६ गते सार्वजकि गर्दै लाइसेन्स प्रमाण पत्र दशैंपछिदेखि वितरण गर्ने सूचना जारी गर्‍यो । तर परिषद्ले फेरि असोज २४ गते अर्को सुचना सार्वजनिक गर्दै प्रमाणपत्र कात्तिक १४ बाट मात्रै बितरण सुरु हुने जनाएको छ । परीक्षार्थीहरुका अनुसार बीपीएचको लाइसेन्स प्रमाणपत्र कार्तिक १७ गते वितरण हुनेछ ।

    परीक्षाको लागि कार्तिक १६ भित्र फाराम भरिसक्नुपर्नेछ । फाराम भर्नका लागि परिषदको लाइसेन्स प्रमाणपत्र अनिवार्य भनिएको छ ।

    परिषद्को ढिलाइले विद्यार्थी चिकित्सा आयोगले सञ्चालन गर्ने स्नातकोत्तर तहको प्रवेश परीक्षाबाट बन्चित हुने भएको प्रजिव राजले बताए । उनले भने, ‘चिकित्सा शिक्षा आयोगको परिक्षामा सहभागी गराउन विद्यार्थीलाइ जति सक्दो छिटो प्रमाणपत्र परिषदले उपलब्ध गराउनु पर्नेमा बाधा देखाइरहेको छ । यो त हामीमाथि अन्याय भएन र ?’

    आयोगको सूचना अनुसार स्नातकोत्तर तह प्रवेश परीक्षाको फाराम भर्ने अन्तिम मिति कार्तिक १६ गतेसम्म छ । प्रजिवका अनुसार परिषद्ले बीपीएचको लाइसेन्स कात्तिक १७ गते वितरण गर्ने जानकारी दिएको छ ।

    प्रकाशित मिति :आश्विन २६ २०७९ बुधवार - १३:५५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij