Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायतका कामले गति लियो: शिक्षामन्त्री पौडेल

दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायतका कामले गति लियो: शिक्षामन्त्री पौडेल


  • 5.2K
    Shares

    दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायतका कामले गति लियो: शिक्षामन्त्री पौडेल

    शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आफ्नो छोटो कार्यकालबीच शिक्षा क्षेत्रमा सुधारको प्रयास गरेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) बाग्लुङ–२ समन्वय समितिको बैठकमा मंगलबार बोल्दै मन्त्री पौडेलले शिक्षासँग सम्बन्धित कानून निर्माणदेखि भौतिक पूर्वाधारमा उल्लेख्य काम भएको बताए ।

    ‘७ वटा ऐन बनायौँ, सात वटा ऐन प्रक्रियामा छन्, कानुन र अर्थ मन्त्रालयबाट सहमति लिनुपर्ने भएकाले बढी समय लाग्यो,’ उनले भने, ‘वर्षौँदेखि जेलिएका शिक्षकका समस्या क्रमशः हल हुँदै जाने स्थिति बनेको छ, निष्क्रिय भएर बसेको शिक्षा सेवा आयोगले गति लिएको छ ।’

    उनले द्वन्द्वबाट विस्थापित साढे पाँच सय बढी शिक्षकलाई पुनःबहाली गरिएको उल्लेख गरे । बाँकी शिक्षकको पुनःस्थापनाका लागि मन्त्रालयले प्रक्रिया अगाडि बढाएको मन्त्री पौडेलले बताए । दरबन्दी मिलान, आन्तरिक बढुवा, अध्यापन अनुमति पत्रलगायतका कामले पनि गति लिएको उनको भनाइ छ ।

    बाग्लुङ–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका मन्त्री पौडेलले आउँदा दिनमा पनि शिक्षासँगै विकास, निर्माणका कामको नेतृत्व लिन तयार भएर चुनावमा होमिएको धारणा राखे । उनी धवलागिरि क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रको एक्लो उम्मेदवार हुन् ।

    वि.सं. २०७४ को निर्वाचनमा तत्कालीन वाम गठबन्धनबाट सोही निर्वाचन क्षेत्रबाट विजयी बनेका मन्त्री पौडेल अहिले सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनावी प्रतिस्पर्धामा छन् ।   

    प्रकाशित मिति :आश्विन २६ २०७९ बुधवार - १२:१५:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij