२०८२ भाद्र ३ गते मंगलवार
अर्थ मन्त्रालयले विद्यालय कर्मचारीको माग सम्बोधन गर्न आलटाल गरेको छ । गत भदौ १ गतेदेखि दसैँअघिसम्म डेढ महिना लामो आन्दोलनपश्चात विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समिति सरकारसँग वार्तामा बसेको थियो ।
परिषद् र सरकारी अधिकारीहरूबीचको वार्तामार्फत माग पूरा गर्ने वाचा भएको थियो । शिक्षा मन्त्रालयले विद्यालय कर्मचारीको माग पूरा गराउन अर्थ मन्त्रालयलाई पत्र लेखेको थियो । उक्त पत्र अर्थ मन्त्रालयमै अड्किएको छ ।
देश चुनावी माहोलमा गैसकेकाले अब नयाँ सरकारले मात्रै कर्मचारीका मागबारे पुनर्विचार गर्ने अर्थ मन्त्रालय स्रोतको भनाइ छ । अर्थ मन्त्रालयका एकजना अधिकारीले भने, ‘अहिले देश चुनावी माहोलमा गैसकेको छ । नयाँ सरकार आएपछि केही निर्णय होला । हामी अहिले नै माग पूरा हुन्छ या हुँदैन भन्न सक्दैनौं । मन्त्रीज्यूलाई पनि चुनाव लागिसकेको छ ।’
विद्यालय कर्मचारीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चितवनमा भेटेर माग पूरा गराउन दबाव दिएका थिए । विद्यालय कर्मचारीका अगाडि प्रचण्डले प्रतिबद्धता जनाए पनि अहिलेसम्म माग पूरा गरिएको छैन । दसैँजस्तो महान् चाडमा पनि विद्यालय कर्मचारी निराश हुनुपरेको थियो ।
यता विद्यालय कर्मचारी परिषद्, राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले भने आफू बुटवल रहेको र यही महिनाको अन्तिममा काठमाडौं आएर फलोअप गर्ने बताए । उनले आफूले माग पूरा हुने आश्वासन पाएको बताए ।
विद्यालय कर्मचारीले सरकारले माग पूरा नगरे आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भोट नहाल्ने चेतावनीसमेत दिएका छन् ।
मागहरू
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij