२०८२ फाल्गुण २६ गते मंगलवार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्धारित सक्षमता अभिवृद्धि हासिल गर्न नसक्ने तथा नचाहने शिक्षकलाई अवकाशको प्याकेज ल्याई सेवाबाट अलग गर्ने कानुनी व्यवस्था गरी कार्यान्वयन गर्ने जनाएको छ ।
मन्त्रालयले शिक्षक व्यवस्थापन र विकासका लागि उक्त योजना अघि सारिएको जनाएको छ । नवप्रवेशी शिक्षकहरूका लागि अनुभवी दक्ष शिक्षकबाट मेन्टरिङको व्यवस्था गरी कार्यान्वयन गर्ने मन्त्रालयले बताएको छ ।
शिक्षकलाई समयनुकूल प्रविधिसमन्बन्धी तालिम दिने र कार्यमूलक अनुसन्धान गर्न लगाउने पनि मन्त्रालयको तयारी छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij