२०८२ भाद्र ३ गते मंगलवार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक) को योग्यता वृद्धि गर्ने जनाएको छ ।
प्रारम्भिक बालविकास तथा शिक्षाको अपेक्षित उद्देश्य हासिल गर्नका लागि शिक्षकको योग्यता पनि वृद्धि गर्न मन्त्रालयले आवश्यक ठानेको हो ।
शिक्षकलाई पुनर्ताजगी तालिम प्रदान गर्ने, सिकाइमा प्रविधिको प्रयोग गर्ने, परिवेशअनुकूल शैक्षिक सामग्रीको व्यवस्था गर्ने, शिक्षक निर्देशिका बनाउने, पाठ्यक्रम अध्यावधिक गराउने जस्ता योजना मन्त्रालयको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij