Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

माध्यमिक तहको विद्यालयमा छुट्टै प्रधानाध्यापक पदको सिर्जना गर्ने यस्तो छ मन्त्रालयकाे योजना

माध्यमिक तहको विद्यालयमा छुट्टै प्रधानाध्यापक पदको सिर्जना गर्ने यस्तो छ मन्त्रालयकाे योजना


  • 12.5K
    Shares

    माध्यमिक तहको विद्यालयमा छुट्टै प्रधानाध्यापक पदको सिर्जना गर्ने यस्तो छ मन्त्रालयकाे योजना

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माध्यमिक तहको विद्यालयमा छुट्टै प्रधानाध्यापक पदको सिर्जना गर्ने योजना अघि सारेको छ । मन्त्रालयले ५,१० र १५ वर्षभित्र गर्न सकिने कार्य योजना सार्वजनिक गर्दै प्रधानाध्यापकको छुट्टै पदको सिर्जना गर्ने भनेको हो ।

    प्रधानाध्यापकलाई प्राज्ञिक र प्रशासनिक रूपमा अधिकार सम्पन्न एवम् स्वायत्त बनाउने पनि मन्त्रालयको योजना छ ।

    कार्य सम्झौताका आधारमा कार्य सम्पादन गर्न प्रधानाध्यापकलाई स्वायत्तता दिने बताउँदै मन्त्रालयले विद्यालय विकास अवधारणा पत्रको आधारमा कार्य सम्झौता गरी प्रधानाध्यापक नियुक्ति गर्ने भनेको छ ।

    प्रधानाध्यापक हुन निश्चित अवधिको व्यवस्थापकीय तथा नेतृत्व विकाससम्बन्धी तालिम अनिवार्य गर्ने मन्त्रालयको योजना छ ।

    मन्त्रालयको भनाइमा प्रत्येक वर्ष उत्कृष्ट शिक्षक, उत्कृष्ट विषय शिक्षक, उत्कृष्ट प्रधानाध्यापक र उत्कृष्ट वर्ष शिक्षक घोषणा गरिनेछ ।  

    प्रकाशित मिति :आश्विन १३ २०७९ बिहिवार - १२:२८:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij