Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

इसीडी शिक्षक र कर्मचारीलाई दसैँअघि नै तलब खातामा पठाउने यस्तो छ तयारी

इसीडी शिक्षक र कर्मचारीलाई दसैँअघि नै तलब खातामा पठाउने यस्तो छ तयारी


  • 17.7K
    Shares

    इसीडी शिक्षक र कर्मचारीलाई दसैँअघि नै तलब खातामा पठाउने यस्तो छ तयारी

    २०७९ को प्रथम त्रैमासिक तलब विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक)लगायतको खातामा कपिलवस्तु नगरपालिकाले पठाउने तयारी गरेको छ ।

    नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिप्रसाद ज्ञवाली (उप–सचिव)ले नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयले माग फाराम बुझाइसकेकाले अब केही दिनमै तलब पठाउने तयारी गरेको जानकारी दिए ।विद्यालयहरूबाट माग फाराम प्राप्त भइसकेको छ । अब केही दिनमै खातामा पैसा जान्छ- ज्ञवालीले भने ।

    नगरपालिकाले स्थायी, करार र राहत शिक्षकको स्वीकृत बजेट अनुसार बालविकास शिक्षकलाई मासिक १७,०००, कार्यालय सहायक लेखापाललाई मासिक २६,०००, कार्यालय सहयोगीलाई मासिक १५,०००, संघीय शिक्षण सिकाइ अनुदान, मा.वि शिक्षकलाई मासिक ३७,९९०, र नि.मा.वि शिक्षकलाई मासिक ३०,२००, स्वयंसेवक शिक्षक बालविकास शिक्षकलाई मासिक, १५,०००, प्रा.वि शिक्षकलाई मासिक १६,०००, नि.मा.वि शिक्षकलाई मासिक १७,००० र मा.वि शिक्षकलाई मासिक १९,००० रूपैयाँ उपलब्ध गराइने छ । उक्त तलबस्केलमा चाडपर्व खर्चसमेत जाेडिएकाे नगरपालिकाकाे भनाइ छ । 

    प्रकाशित मिति :आश्विन ६ २०७९ बिहिवार - १४:५०:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij