२०८२ माघ ८ गते बिहिवार
शिक्षक सेवा आयोगले निम्न माध्यामिक तह तृतिय श्रेणी शिक्षक खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा माध्यामिक तहको अन्तरवार्तापछि मात्रै सार्वजनिक हुने जनाएको छ ।
आयोगले माध्यामिक तहको स्थायी शिक्षको लिखित परीक्षाको सबै नतिजा गत भदौमा प्रकाशित गरिसकेको छ । अन्तरवार्ता दशै लगतै सञ्चालन गर्ने र कात्तिक १ गतेभित्र सक्ने गरी तयारी गरेको आयोग स्रोतले बतायो ।
माध्यामिक तहको अन्तरर्वार्ताको कार्य सकिएसँगै निम्नमाध्यामिक तहको नतिजा प्रकाशन गर्ने तयारी गरिएको आयोग स्रोतको भनाई छ ।
‘हामीले माध्यामिक तहको लिखित परीक्षाको नतिजा प्रकाशन गरिसकेका छौँ । अब अन्तरवार्ता लिन बाँकी छ’, आयोग स्रोतले भन्यो,‘ माध्यामिक तहको अन्तरवार्ताको कार्य सकिएपछि मात्रै निम्नमाध्यामिक तहको नतिजा सार्वजनि गर्न तर्फ लाग्छौँ ।’
आयोगका अनु्सार निम्नमाध्यामिक तहको नतिजा प्रकाशनपछि मात्रै प्राथमिक तहको नतिजा आउनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij