Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

शिक्षा नीतिले तोकेका १३ उद्देश्यसहित शिक्षा मन्त्रालयद्वारा सोचपत्र-२०७९ सार्वजनिक (सोचपत्रसहित)

शिक्षा नीतिले तोकेका १३ उद्देश्यसहित शिक्षा मन्त्रालयद्वारा सोचपत्र-२०७९ सार्वजनिक (सोचपत्रसहित)


  • 4.0K
    Shares

    शिक्षा नीतिले तोकेका १३ उद्देश्यसहित शिक्षा मन्त्रालयद्वारा सोचपत्र-२०७९ सार्वजनिक (सोचपत्रसहित)

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाको सोचपत्र-२०७९ सार्वजनिक गरेको छ। मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले शिक्षासम्बन्धी दीगो विकास लक्ष्यलाई समेत मध्येनजर गर्दै शिक्षामा आमूल परिवर्तन र समसामयिक सुधार गर्नका लागि तयार गरिएको सोचपत्र सार्वजनिक गरिएको हो। 

    सोचपत्रमा शिक्षा नीतिले तोकेका १३ उद्देश्य समावेश गरिएको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए। प्रारम्भिक बाल विकास, विद्यालय शिक्षा, उच्च र प्राविधिक शिक्षा, १५ वर्षमा गरिने रुपान्तरणको क्षेत्र र अपेक्षित उपलब्धि तथा सुधारका कार्यहरु सोचपत्रमा समावेश गरिएको मन्त्री पौडेलले बताए। 

    उनले गत आर्थिक वर्षमा शिक्षा सेवा आयोगको नियमावली ११औं संशोधन भएको,दश वर्षे विद्यालय शिक्षा क्षेत्र योजना स्वीकृतलगायतका काम भएको जानकारी दिए। भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ८३ विद्यालयमध्ये थप ६६१ विद्यालयको निर्माण कार्य सम्पन्न भइ हालसम्म कुल ७ हजार २ सय ७५ विद्यालयको पुननिर्माणको काम सम्पन्न भएको मन्त्री पौडेलले बताए। 

    उनले करिब २७ हजार सार्वजनिक विद्यालयमध्ये १३ हजार विद्यालयहरुको भौतिक पूर्वाधारहरु तुलानात्मक रूपमा बनेको धारणा राखे। बाँकी विद्यालयको भौतिक पूर्वाधारहरु तीन वर्षभित्र निर्माण गरिने उनको भनाइ छ। 

    उनले १० वर्षमा ११ प्रतिशत शिक्षण सिकाईमा प्रगति भएको बताए। त्यस्तै गत आर्थिक वर्षमा १ लाख १३ हजार विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि सहमति पत्र उपलब्ध गराइएको र ९१ जना विद्यार्थीहरूलाई प्राविधिक विषयको उच्च शिक्षा अध्ययनका लागि छात्रवृति उपलव्ध गराइएको मन्त्रालयले जनाएको छ।  

    शिक्षाको सोचपत्र–२०७९ सार्वजनिक 

    प्रकाशित मिति :आश्विन ६ २०७९ बिहिवार - १३:३६:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij