२०८२ भाद्र ३ गते मंगलवार
प्रतिनिधिसभा सासंद मन कुमारी केसीले प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक)लगायत सबै किसिमका शिक्षकहरूमा माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले शिक्षकका मागका विषयमा सरकारको ध्यानाकर्षण गराएकी हुन् ।
उनले भनिन्, ‘महिनौंदेखि शिक्षकहरू आन्दोलनमा हुनुहुन्छ । साविक उच्च मा.वि.तहका शिक्षकहरू स्थायी पदपूर्तीको माग गर्दै आन्दोलनमा हुनुहुन्छ । उहाँहरूको आवाज सुनिएका छैनन् । बालविकासदेखि उच्च मा.वि. सम्मका सबै शिक्षकहरूका समस्याहरू समाधान भएका छैनन् । शिक्षकका माग सम्बोधन नभए गुणस्तरीय शिक्षाको परिकल्पना गर्न सकिँदैन । त्यसैले सरकारको ध्यानाकर्षण गर्दछु ।’ (वेबटिभी खबर)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij