Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

त्रिविका शिक्षक, कर्मचारीहरूले किन पाएनन् तलबभत्ता र पेन्सन ? (विज्ञप्तिसहित)

त्रिविका शिक्षक, कर्मचारीहरूले किन पाएनन् तलबभत्ता र पेन्सन ? (विज्ञप्तिसहित)


  • 2.3K
    Shares

    त्रिविका शिक्षक, कर्मचारीहरूले किन पाएनन्  तलबभत्ता र पेन्सन ? (विज्ञप्तिसहित)

    त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा कर्मचारीले तालाबन्दीका कारण तलब भत्ता बुझ्न नपाएको तथा सरुवा/बढुवा पनि ठप्प भएको गुनासो गरेका छन् ।

    त्रिभुवन विश्वविद्यालयका विभिन्न १३ वटा शाखाले आज साेमवार सामूहिक विज्ञप्ति निकालेर विश्वविद्यालयलाई सधैँका लागि शान्ति क्षेत्रका रूपमा विकास गर्न पहल गरिदिन पनि सम्बन्धित सबै पक्षसँग आग्रह गरेका छन् ।

    निरन्तरको तालाबन्दीका कारण शिक्षक, कर्मचारीका न्यूनतम नैसर्गिक अधिकार कुण्ठित हुँदै गएको, आर्थिक एवम् दैनिक प्रशासनिक कार्यहरू सहजरूपमा सञ्चालन गर्न कठिन भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उनीहरूले जनाएका छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय कार्यालयमा लगाएको ताला यथाशीघ्र खोली आर्थिक तथा प्रशासनिक काम सञ्चालन गर्न सहयोग गरिदिन पनि उनीहरूले आग्रह गरेका छन् ।

    विश्वमा पहिचान राख्दै आएको त्रिभुवन विश्वविद्यालयलाई जोगाइ राख्न स्वच्छ र शान्त वातावरणमा अध्ययन, अध्यापन र अनुसन्धान हुन त्यहीअनुसारको वातावरण आवश्यक भएको विज्ञप्तिमा उल्लेख छ । 

    tu_2_BO6TKOdkHI.jpg

    प्रकाशित मिति :भाद्र २७ २०७९ सोमवार - १४:१९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij