२०८२ भाद्र १ गते आइतवार
विश्वभरमा हालसम्म ५ करोड ७२ लाख भन्दा धेरै मानिसहरु संक्रमणको चपेटामा आइसकेका छन् । तीमध्ये ३ करोड ९६ लाख मानिसहरु ठीक भइसकेका छन् भने १३ लाख ६४ हजार मानिसले कोरोनाका कारण आफ्नो ज्यान गुमाइसकेका छन् ।
यसैगरी एक करोड ६१ लाख मानिसहरु सक्रिय संक्रमित अर्थात् उनीहरुको उपचार चलिरहेको छ । यसैबीच विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले विश्वमा जुन देशको अस्पतालमा संक्रमितहरुको उपचारमा रेमडेसिभिर इन्जेक्सनको प्रयोग भइरहेको छ, त्यसलाई तत्कालै रोक्नका लागि भनेको छ।
डब्ल्यूएचओका अनुसार, यो औषधी कोरोनाको उपचारका लागि सहयोगी र प्रभावकारी छ भन्ने कुराको कुनै पनि प्रमाण छैन ।
ट्रम्पको उपचारमा प्रयोग भएको थियो रेमडेसिभिर
द गार्जियनको एक रिपोर्टका अनुसार, गत महिना चुनावी अभियानका क्रममा जब अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प संक्रमति भएका थिए, तब उनको उपचारमा रेमडेसिभिरको प्रयोग गरिएको थियो ।
अब डब्ल्यूएचओले यसको प्रयोगमाथि रोक लगाउन सल्लाह दिएको छ। डब्ल्यूएचओले जारी गरेको एक बयानमा भनिएको छ, हाम्रो गाइडलाइन कमिटि यो सल्लाह दिन्छ कि, यदि रेमडेसिभिरको प्रयोग अस्पतालहरुमा भइरहेको छ भने त्यसलाई बन्द गर्नुपर्नेछ । एजेन्सी
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij