Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

सोमबार देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको निर्णय

सोमबार देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको निर्णय


  • 3.5K
    Shares

    सोमबार देशभरका फिल्म हल बन्द गर्ने चलचित्र संघको निर्णय
    images

    नेपाल चलचित्र संघले सोमबार देशभरका फिल्म हलहरु बन्द गर्ने निर्णय गरेको छ । आज बसेको संघको कार्यसमिति बैठकले यस्तो निर्णय गरेको महासचिव नरेन्द्र महर्जनले जानकारी दिए ।

    सांकेतिक विरोधस्वरुप हल बन्द गर्ने निर्णय गरिएको जनाइएको छ । चलचित्र निर्माता संघले शुक्रबार मात्रै फिल्म प्रदर्शन गर्ने निर्णय गरेपछि चलचित्र संघले यस्तो निर्णय गरेको हो ।

    कार्यसमिति बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रम पनि घोषणा गरेको छ । आजै प्रेस विज्ञप्तिमार्फत संघले आन्दोलनका कार्यक्रमबारे जानकारी दिने भएको छ ।

    प्रकाशित मिति :भाद्र २३ २०७९ बिहिवार - १५:१४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij