Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

आजबाट रिलिज भयो ‘झिङ्गेदाउ’, रुँदै निस्किए दर्शक

आजबाट रिलिज भयो ‘झिङ्गेदाउ’, रुँदै निस्किए दर्शक


  • 2.6K
    Shares

    आजबाट रिलिज भयो ‘झिङ्गेदाउ’, रुँदै निस्किए दर्शक
    images

    आजबाट रिलिजमा आएको चलचित्र ‘झिङ्गेदाउ’ले दर्शकको राम्रो साथ पाएको छ । काठमाडौंलगायत देशभरका हलमा एकसाथ लागेको यो चलचित्रको बुकिङमात्र नभएर वर्ड अफ माउथसमेत राम्रो देखिएको छ।

    अधिकांश दर्शकहरु ज्ञानेन्द्र देउजा निर्देशित चलचित्र ‘झिङ्गेदाउ’को कथावस्तु मन परेको र चलचित्रले आफूहरुलाई रुवाएको बताउँदै हलबाट निस्किए । कृतिमा आधारित र पारिवारिक फिल्म बनेकाले एकपटक सबैले हेर्नुपर्ने दर्शकहरुको भनाइ थियो।

    अभिनेत्री केकी अधिकारी भने चलचित्र हेर्न आफ्नो श्रीमानसहित हल पुगेकी थिइन् । केही समय अगाडिमात्र विवाह बन्धनमा बाँधिएकी केकीले पहिलोचोटि आफ्नो श्रीमानलाई मिडिया र दर्शकसामु साक्षात्कार गराएकी छन् ।

    रोहितले केकी र उनको अभिनयमात्र नभएर पूरै चलचित्र नै विशेष बनेको बताए । केकी-रोहितसँगै आँचल शर्मा, मुकुन भुसाल, कुशल विष्ट तथा चलचित्रका सम्पूर्ण टीम चलचित्र हेर्न हलमा उपस्थित थिए ।

     

    प्रकाशित मिति :भाद्र १७ २०७९ शुक्रवार - १६:२१:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij