Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

इतिहासकै कमजोर बन्यो नेपाली मुद्रा

इतिहासकै कमजोर बन्यो नेपाली मुद्रा


  • 2.5K
    Shares

    • images
    इतिहासकै कमजोर बन्यो नेपाली मुद्रा
    images

     नेपाली रुपैयाँ इतिहासकै कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिदमूल्य १२६ रुपैयाँ ८२ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ४२ पैसा र युरोपियन युरो एकको खरिददर १२८ रुपैयाँ ९६ पैसा र बिक्रीदर १२९ रुपैयाँ ५७ पैसा रहेको छ ।

    अस्ट्रेलियन डलर एकको खरिदमा ८८ रुपैयाँ २५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा, जापानिज येन १० को खरिदमूल्य ९ रुपैयाँ ४० पैसा र बिक्रीमूल्य ९ रुपैयाँ ४५ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३३ रुपैयाँ ७८ पैसा र बिक्रीमूल्य ३३ रुपैयाँ ९४ पैसा र कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६८ पैसा र बिक्रीमा ३३ रुपैयाँ ९४ पैसा रहेको छ ।

    रुस र युक्रेन युद्धको असरको कारण भारतीय मुद्रा कमजोर भइरहेको छ । भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुने गर्छ । नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

    यसकारण केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुने गरेको छ ।

    अमेरिकी डलरको भाउ उच्च हुँदा नेपालको अर्थतन्त्रमा केही नकरात्मक असर पर्न सक्ने अर्थविदहरुले औंल्याएका छन् । डलरको भाउ बढेलगत्तै विदेशी सामानहरू नेपालीका निम्ति महँगो हुन पुग्छन् ।

    प्रकाशित मिति :भाद्र २ २०७९ बिहिवार - १०:५९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij