२०८२ माघ ९ गते शुक्रवार
शिक्षक सेवा आयोगले निम्न माध्यामिक तहको अध्यापन अनुमतिपत्रको परीक्षाको भिडियो बनाउने परीक्षार्थीको परीक्षा शिक्षक नियमावली, २०५७ को नियम २६ को उपनियम १ अनुसार रद्द गरेको छ ।
शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा सहभागी एकजना परीक्षार्थीलाई दुई वर्षसम्म प्रतिबन्ध लगाएको हो। शिक्षक लाइसेन्सको परीक्षा दिइरहेको भिडिओ बनाएर सामाजिक सञ्जाल टिकटकमा राखेको भेटिएपछि ती परीक्षार्थी कारबाहीमा परेका हुन्।
साउन २८ गते कैलालीको धनगढीस्थित त्रिभुवन मावि बोराडाँडीको ‘ख’ केन्द्रबाट परीक्षा दिएका विनोदकुमार बम्मलाई आयोगले कारबाही गरेको हो। परीक्षाको मर्यादाविपरीत प्रश्नपत्र र उत्तर पुस्तिकाको भिडिओ बनाएर सामाजिक सञ्जाल टिकटकमा राखेपछि उनको परीक्षा रद्ध गरिएको शिक्षक सेवा आयोगले जनाएको छ।
त्यसैगरी उक्त नियमावलीको नियम ४३ अनुसार आगामी २ वर्षसम्म आयोगको कुनै पनि परीक्षामा सहभागी नहुने गरी रोक लगाइएको आयोगले सूचना निकालेर जनाएको छ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij