Logo

२०८२ आश्विन २८ गते मंगलवार

२०८२ आश्विन २८ गते मंगलवार

वाणिज्य बैंकहरूको निक्षेप पछिल्लो एक सातामै २५ अर्ब रुपैयाँले घट्यो

वाणिज्य बैंकहरूको निक्षेप पछिल्लो एक सातामै २५ अर्ब रुपैयाँले घट्यो


  • 2.7K
    Shares

    वाणिज्य बैंकहरूको निक्षेप पछिल्लो एक सातामै २५ अर्ब रुपैयाँले घट्यो
    images

    साउन लागेपछि धमाधम घटिरहेको वाणिज्य बैंकहरूको निक्षेप पछिल्लो एक सातामै २५ अर्ब रुपैयाँले घटेको छ ।

    बैंकर्स संघ नेपालले जारी गरेको पछिल्लो तथ्यांकअनुसार साउन २० देखि २७ सम्मको एक सातामा उक्त वाणिज्य बैंकहरूबाट ४४ खर्ब ४६ अर्ब रुपैयाँबाट घटेर ४४ खर्ब २१ अर्ब रुपैयाँमा झरेको छ । यस्तो निक्षेप असार मसान्तको तुलनामा भने १ खर्ब २० अर्ब रुपैयाँले घटेको छ । 

    असार मसान्तमा बैंकिङ प्रणालीमा ४५ खर्ब ४१ अर्ब रुपैयाँ रहेको निक्षेप घटेर २७ साउनसम्ममा आइपुग्दा ४४ खर्ब २१ अर्ब रुपैयाँको अंकमा झरेको छ । 

    यो अवधिमा बैैंकको कर्जा प्रवाह भने बढेको देखिएको छ । तथ्यांक अनुसार साउनको चौथो सातामा बैंकहरूको लगानी ४१ खर्ब ६६ अर्ब रुपैयाँबाट बढेर ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ ।

    यस्तो लगानी असार मसान्तको तुलनामा भने स्थिर रहेको छ । असार मसान्तमा बैंकहरूको कर्जा प्रवाह ४१ खर्ब ७५ अर्ब रुपैयाँ थियो । २७ साउनमा पनि यस्तो कर्जा लगानी घटेर गत साता मात्रै ४१ खर्ब ६६ अर्बमा सिमित भएको देखिए पनि पछिल्लो साता भने ९ अर्ब रुपैयाँले बढेको देखिएको छ ।

    प्रकाशित मिति :श्रावण ३० २०७९ सोमवार - १५:५६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij