Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

सिटिइभिटीद्वारा डिप्लोमा तहको परीक्षा तालिका सार्वजनिक, मौका परीक्षाका लागि फाराम खुला

सिटिइभिटीद्वारा डिप्लोमा तहको परीक्षा तालिका सार्वजनिक, मौका परीक्षाका लागि फाराम खुला


  • 3.0K
    Shares

    सिटिइभिटीद्वारा डिप्लोमा तहको परीक्षा तालिका सार्वजनिक, मौका परीक्षाका लागि फाराम खुला

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले डिप्लोमा तहका सेमेस्टर परीक्षाको नियमित आंशिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    डिप्लोमा तह सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्ड नियमित, आंशिक तथा प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम तर्फ परीक्षाको आवेदन दिएका परीक्षार्थीका लागि तालिका सार्वजनिक गरेको हो ।

    एक विषय मौका परीक्षाको आवेदन फारम खुला

    सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले एक विषय मौका परीक्षाको आवेदन फाराम भर्नका लागि सूचना जारी गरेको छ । विभिन्न कार्यक्रमहरु र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमतर्फ यो सूचना प्रकाशित भएको मितिसम्म प्रथम र दास्रो वर्ष उत्तीर्ण भई तेस्रो वर्षमा मात्र कुनै एक विषय अनुत्तीर्ण भएका सैद्धान्तिक एक विषयको मौका परीक्षा असोजमा सञ्चालन गर्ने भएकोले आवेदन फारम भर्नका लागि सूचना जारी गरेको छ ।

    सम्बन्धित परीक्षार्थीहरुले भदौ १२ गतेभित्र नियमित शुल्कमा र भदौ १९ गतेभित्र विलम्ब शुल्कमा सम्बन्धित शिक्षालयहरुमा आवेदन फारम भरी बुझाउनु पर्ने छ ।

    c111.jpgc222.jpg

    प्रकाशित मिति :श्रावण २९ २०७९ आइतवार - ०५:३८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij