Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

सिटिइभिटीद्वारा डिप्लोमा तहको परीक्षा तालिका सार्वजनिक, मौका परीक्षाका लागि फाराम खुला

सिटिइभिटीद्वारा डिप्लोमा तहको परीक्षा तालिका सार्वजनिक, मौका परीक्षाका लागि फाराम खुला


  • 3.2K
    Shares

    सिटिइभिटीद्वारा डिप्लोमा तहको परीक्षा तालिका सार्वजनिक, मौका परीक्षाका लागि फाराम खुला

    काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी)ले डिप्लोमा तहका सेमेस्टर परीक्षाको नियमित आंशिक परीक्षा तालिका सार्वजनिक गरेको छ ।

    डिप्लोमा तह सेमेस्टर परीक्षा प्रणाली अन्तर्गत दोस्रो वर्ष प्रथम खण्ड र तेस्रो वर्ष प्रथम खण्ड नियमित, आंशिक तथा प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रम तर्फ परीक्षाको आवेदन दिएका परीक्षार्थीका लागि तालिका सार्वजनिक गरेको हो ।

    एक विषय मौका परीक्षाको आवेदन फारम खुला

    सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयले एक विषय मौका परीक्षाको आवेदन फाराम भर्नका लागि सूचना जारी गरेको छ । विभिन्न कार्यक्रमहरु र प्राविधिक शिक्षामा विशेष छात्रवृत्ति कार्यक्रमतर्फ यो सूचना प्रकाशित भएको मितिसम्म प्रथम र दास्रो वर्ष उत्तीर्ण भई तेस्रो वर्षमा मात्र कुनै एक विषय अनुत्तीर्ण भएका सैद्धान्तिक एक विषयको मौका परीक्षा असोजमा सञ्चालन गर्ने भएकोले आवेदन फारम भर्नका लागि सूचना जारी गरेको छ ।

    सम्बन्धित परीक्षार्थीहरुले भदौ १२ गतेभित्र नियमित शुल्कमा र भदौ १९ गतेभित्र विलम्ब शुल्कमा सम्बन्धित शिक्षालयहरुमा आवेदन फारम भरी बुझाउनु पर्ने छ ।

    c111.jpgc222.jpg

    प्रकाशित मिति :श्रावण २९ २०७९ आइतवार - ०५:३८:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij