Logo

२०८२ फाल्गुण २६ गते मंगलवार

२०८२ फाल्गुण २६ गते मंगलवार

अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ गर्ने, ट्रायल पास भएकै दिन ‘परीक्षणकालीन लाइसेन्स’

अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ गर्ने, ट्रायल पास भएकै दिन ‘परीक्षणकालीन लाइसेन्स’


  • 3.1K
    Shares

    अब प्रदेशमै स्मार्ट लाइसेन्स छपाइ गर्ने, ट्रायल पास भएकै दिन ‘परीक्षणकालीन लाइसेन्स’

    सरकार यातायात क्षेत्रमा व्यापक हेरफेर तयारीमा जुटेको छ । यसअघि, स्मार्ट सवारीचालक अनुमतिपत्र (लाइसेन्स) केन्द्रबाट छापिन्थ्यो । अब भने विभिन्न प्रदेशबाटै छपाइ तयारी भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईको अध्यक्षतमा सातै प्रदेशका यातायात मन्त्रीको ‘अन्तरतह समन्वय बैठक’ले स्मार्ट लाइसेन्स छपाइका लागि संघ सरकारले यन्त्र उपलब्ध गराउने र विभिन्न प्रदेशमा छपाइ गर्ने निर्णय गरेको छ ।

    अहिले यातायात व्यवस्था विभागले मात्रै लाइसेन्स छपाइ गर्दै आएको छ । सुदूरपश्चिम र कर्णालीमा एक, गण्डकी र लुम्बिनीमा दुई र प्रदेश १ र मधेस प्रदेशलगायत प्रदेशमा एक÷एक स्थानमा स्मार्ट लाइसेन्स छपाइ तयारी गरिएको हो ।

    संघ तथा सातै प्रदेशका मन्त्री ट्रायल पास भएकै दिन ‘परीक्षणकालीन लाइसेन्स’ जारी गर्न पनि सहमत भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘स्मार्ट ड्राइभिङ लाइसेन्स सक्कली वा नक्कली लाइसेन्स रिडिङ’ गर्ने यन्त्र प्रत्येक ट्राफिक प्रहरीका हातमा उपलब्ध गराउने र जरिमाना अनलाइनबाटै तिर्न मिल्ने व्यवस्थापनमा पनि जुटेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

    प्रकाशित मिति :श्रावण २५ २०७९ बुधवार - ०५:२२:१५ बजे
    प्रतिक्रिया

    पत्रपत्रिकाबाट

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij