Logo

२०८२ भाद्र ४ गते बुधवार

२०८२ भाद्र ४ गते बुधवार

एकातिर करार शिक्षकको आन्दोलन चर्कंदै, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन

एकातिर करार शिक्षकको आन्दोलन चर्कंदै, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन


  • 2.8K
    Shares

    एकातिर करार शिक्षकको आन्दोलन चर्कंदै, अर्कोतिर पदपूर्तिका लागि विज्ञापन

    महोत्तरीको बर्दिबास नगरपालिकाले करार शिक्षक पदमुक्त गरेपछि आन्दोलन चर्किँदै गएको छ । नगरले करारमा कार्यरत ६२ जना शिक्षकलाई पदमुक्त गरेपछि मेयर प्रह्लाद क्षेत्रीलाई ज्ञापनपत्र बुझाउनुका साथै चरणबद्ध आन्दोलनमा उत्रिएका छन् ।

    राजनीतिक दलहरूले पनि करार शिक्षकलाई हटाउन नहुने धारणा सार्वजनिक गरेका छन् । 

    सोमबार बसेको सर्वदलीय बैठकले करारका शिक्षकलाई पुनर्बहाली फर्काउन माग गरिएको माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए । तर, नगरपालिकाले भने ७८ जना शिक्षक पदपूर्तिका लागि विज्ञापन निकालेको छ । 

    माध्यमिक तहका लागि ३८, निम्न माध्यमिक तहका लागि १९, प्राथमिक तहका लागि चार र कम्प्युटर सहायक शिक्षक १० जना गरी ७८ जनाका लागि बुधबार दरखास्त आह्वान गरिएको छ । 

    प्रकाशित मिति :श्रावण २४ २०७९ मंगलवार - १३:०७:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij