२०८२ भाद्र ९ गते सोमवार
बैंक अफ काठमाण्डुले भदौ २ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले १,००० अङ्कित दरको ११ लाख कित्ताले हुन आउने १ अर्ब १० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न लागेको हो ।
जसमा ४ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि खुला गरिएको छ भने ६ लाख ६० हजार कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्न छुट्याइएको छ । सामूहिक लागानी कोषहरुले ५% ले हुन आउने कुल २२ हजार कित्ता पाउनेछन् ।
यस ऋणपत्रमा छिटोमा भदौ ७ गते र सो अवधिसम्ममा पुरै आवेदन नपरेमा ढिलोमा भदौ १६ गतेसम्म आवेदन दिन सकिनेछ |
बैंकले ७ वर्ष अवधिको ‘बिओके डिबेन्चर २०८६’ ऋणपत्र जारी गर्न लागेको हो जसमा वार्षिक १०.५०% ब्याजदर दिने बैंकले जानकारी दिएको छ । ऋणपत्र निष्कासनको लागि एनआइबीएल एस क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ ।
आवेदन दिँदा न्यूनतम २५ कित्ता र अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij