Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

जन्ती लिएर फर्किएको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

जन्ती लिएर फर्किएको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु


  • 9.5K
    Shares

    जन्ती लिएर फर्किएको जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

    भारतको उत्तरप्रदेश राज्यमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । उत्तरप्रदेशको प्रतापगढ जिल्लामा भएको उक्त सवारी दुर्घटनामा ६ जना बालबालिकासहित १४ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    शेखपुरा गाउँबाट जन्ती लिएर फर्किएको जीप प्रयागराज राजमार्गमा रोकिराखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको उत्तर प्रदेश प्रहरीले जनाएको छ । चालकको कमजोरीका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ ।

    दुर्घटनामा जीप पूर्णरुपमा क्षतिग्रस्त भएको र सवार सबैको मृत्यु भएको छ । यसैबीच उत्तर प्रदेशका मुख्यान्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । एजेन्सी

    प्रकाशित मिति :मंसिर ५ २०७७ शुक्रवार - ११:२७:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij