Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

राष्ट्र बैंक आफैंले फेरि खरिद गर्‍यो साढे ६ अर्बको ट्रेजरी बिल

राष्ट्र बैंक आफैंले फेरि खरिद गर्‍यो साढे ६ अर्बको ट्रेजरी बिल


  • 2.3K
    Shares

    • images
    राष्ट्र बैंक आफैंले फेरि खरिद गर्‍यो साढे ६ अर्बको ट्रेजरी बिल
    images

    बैंक तथा वित्तीय संस्थाले ट्रेजरी बिलको उच्च ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंक आफैंले खरिदको काम जारी राखेको छ । २३ साउन सोमबारको लागि राष्ट्र बैंकले ७ अर्ब १० करोड बराबरको ९१ दिने अवधिको ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याएको थियो । 

    उक्त ट्रेजरी बिल खरिदको लागि २७ बैंक तथा वित्तीय संस्थाले १९ अर्ब ८१ करोडको लागि बोलकबोल पेश गरेका थिए । तर, राष्ट्र बैंकले जम्मा ५९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बैंकहरुलाई दिएर ६ अर्ब ५१ करोड आफैंले खरिद गरेको छ ।

    राष्ट्र सोमबारको ट्रेजरी बिलको डिस्काउन्ट रेट न्युनतम १०.४७४९ प्रतिशत र अधिकतम १०.५०९० तथा औसत १०.४७७९ प्रतिशतमा स्वीकार गरेको छ ।

    मौद्रिक नीतिपछि बैंकहरुले अल्पकालिन ब्याजदरमा भारित वृद्धि गर्दै ट्रेजरी बिलमा १४ प्रतिशतसम्म ब्याजदर बोलकबोल पेश गरेपछि राष्ट्र बैंकले हस्तक्षेप गरेर आफैं ट्रेजरी बिल खरिद गर्न लागेको छ ।

    १७ साउनमा ९१ दिन अवधिको ५ अर्ब १० को ट्रेजरी बिल नवीकरणको लागि बोलकबोलमा ल्याएकोमा १२ करोड बैंकहरुलाई दिएर ४ अर्ब ९८ करोड राष्ट्र बैंक आफैंले खरिद गरेको थियो । सोही दिन १८२ दिन अवधिको ५ अर्बको ट्रेजरी विल नविकरणको लागि बोलकबोलमा ल्याएको १० करोड मात्रै बैंकहरुलाई दिएर ४ अर्ब ९० करोड राष्ट्र बैंकले नै खरिद गरेको थियो ।

    सरकारले एक वर्षभन्दा कम समयको लागि लिने ऋणपत्रलाई ट्रेजरी बिल भनिन्छ । ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुन्छन् ।

    प्रकाशित मिति :श्रावण २४ २०७९ मंगलवार - ११:१८:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij