२०८२ फाल्गुण २६ गते मंगलवार
संघीय सरकारले उच्च हिमाली दश जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक), विद्यालय सहयोगी एवम् विद्यालय कर्मचारीलाई वार्षिक १५ हजार रूपैयाँ पोशाक खर्च उपलब्ध गराउने भएको छ ।
गोरखा जिल्लाको सिर्दिवास उत्तर, सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालिकोटका इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई वार्षिक १५ हजार रूपैयाँ पोसाक खर्च उपलब्ध गराउने कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९/८० मा उल्लेख छ ।
उक्त पुस्तिका सरकारले गत मंगलबार जारी गरेको थियो । अन्य जिल्लाका इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई भने अरू शिक्षकले पाए सरह दश हजार रूपैयाँ पोसाक खर्च उपलब्ध गराइने पुस्तिकामा उल्लेख गरिएको छ ।
हेर्नुहाेस् पुस्तिका
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij