२०८२ भाद्र ४ गते बुधवार
संघीय सरकारले उच्च हिमाली दश जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी शिक्षक), विद्यालय सहयोगी एवम् विद्यालय कर्मचारीलाई वार्षिक १५ हजार रूपैयाँ पोशाक खर्च उपलब्ध गराउने भएको छ ।
गोरखा जिल्लाको सिर्दिवास उत्तर, सोलुखुम्बु, रसुवा, मनाङ, मुस्ताङ, मुगु, डोल्पा, हुम्ला, जुम्ला र कालिकोटका इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई वार्षिक १५ हजार रूपैयाँ पोसाक खर्च उपलब्ध गराउने कार्यक्रम कार्यान्वयन पुस्तिका २०७९/८० मा उल्लेख छ ।
उक्त पुस्तिका सरकारले गत मंगलबार जारी गरेको थियो । अन्य जिल्लाका इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई भने अरू शिक्षकले पाए सरह दश हजार रूपैयाँ पोसाक खर्च उपलब्ध गराइने पुस्तिकामा उल्लेख गरिएको छ ।
हेर्नुहाेस् पुस्तिका
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij