२०८२ भाद्र ७ गते शनिवार
नेपाली बालसाहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउने समसामयिक व्यक्तिमध्ये रामबाबु सुवेदीको स्थान महत्वपूर्ण रहेको छ । बालसाहित्यको क्षेत्रमा केही गर्नुपर्छ, आजैदेखि यस क्षेत्रमा केही गर्न सकिएन भने भविष्यको कर्णधारका रूपमा रहेका बालमस्तिष्कमा चेतनाको स्तर वा वौद्धिक क्षमतामा सुधार आउन सक्दैन भनेरै उनी यस क्षेत्रमा लागेका देखिन्छन् । जसरी पूmल्न लागेको पूmललाई उपयुक्त मल, जल, स्याहारसुसार भएन भने फव्रिmन नपाइकन ओइलाएर जान्छ, त्यसरी नै बालबालिकाले पनि उपयुक्त पोषण पाएनन् भने उनीहरू पनि फक्रिन र जीवनमा अघि बढ्न सक्दैनन्। त्यसैले पनि बालबालिकालाई फव्रिmन लागेको पूmलसँग तुलना गर्न सक्छौँ। आजका बालबालिकालाई हामीले जस्तो शिक्षा, संस्कार र संस्कृति सिकाउँछौँ भोलि तिनीहरू त्यस्तै नै बन्दछन् भन्ने बुझेर नै रामबाबु सुवेदीले बालसाहित्यको क्षेत्रमा आफ्नो अमूल्य जीवन लगाएका छन् । ती कलिला बालमस्तिष्कलाई कसरी देशको उर्जाशील व्यक्ति बनाउँन सकिन्छ भनेर दिनरात तिनै बालबालिकाको बालमस्तिकलाई सचेत, बौद्धिक र सुसंस्कृत तुल्याउनको लागि उनीहरू हर समय लागि परिरहेका छन् बालमस्तिष्कको माध्यमबाट । तर उनको योगदान बालसहित्यमा मात्र भने सिमित छैन्।
गण्डकी अञ्चलको कास्की जिल्ला अन्तर्गत रूपा गाँउपालिका हँसपुरमा २००४ साल जेठ १४ गतेका दिन पिता देवीदास सुवेदी र माता पवित्रा सुवेदीका पाचौँ सन्तानका रूपमा जन्मिएका रामबाबु सुवेदीको न्वाँरानको नाम झलनाथ र बोलाउने नाम बाबुराम हो । तिनै बाबुरामलाई पछि रामबाबु भनेर पुकार्ने गरेको र त्यही नामलाई आफ्नो विद्यालयतहदेखि उच्च शिक्षासम्मका सर्टिफिकटहरूमा राखिएकाले गर्दा नै उनी रामबाबुका नामले सुपरिचित र सुप्रशिद्ध भए । स्नातक तहसम्मको अध्ययन पूरा गरेर शिक्षण संस्थाहरूमा समेत शिक्षणकार्य गरी आपूmलाई आदर्श शिक्षकका रूपमा परिचित गराउन सफल भए । करिब ३५ वर्षभन्दा बढी समय शिक्षण कार्यमा लागेका रामबाबुले त्यस अवधिमा साना बालबालिकाको बालमस्तिष्कको अध्ययन गर्ने अवसर पाए जसले गर्दा ती बालबालिकालाई कामलाग्ने बालसाहित्यको रचना गर्न थाले ।
साहित्यकार रामबाबु सुवेदीको साहित्यिक यात्राको कुरा गर्दा २०२२ सालबाट आरम्भ भएको पाइन्छ । भारतको बनारसबाट प्रकाशीत हुने भानुदय पत्रिकामा ‘प्रभात’ नामक शीर्षकको कविता द्द २०२२ सालमा छापिए पछि उनी औपचारिक रूपमा साहित्यको क्षेत्रमा उदाएको पाइन्छ । सुवेदीको साहित्यक यात्रा विशेष गरी दुई किसिमले प्रवाहित भयो । खासमा त यिनले पाको पुस्ताले आस्वादन गर्ने कविता, खण्डकाव्य, एकाङकी लेखेको पाइन्छ भने अर्कातिर बालपुस्ताले आस्वादन गर्ने बालसाहित्यका बालगीत, बालकविता तथा बालकाव्य, बालकथा सिर्जना गरेर बालसाहित्य जगत्मा विशेष स्थान बनाएको भेटिन्छ ।
आज सुवेदीकै योगदानले गर्दा बहुसंख्यक बालबालिकाहरूले पनि बालसाहित्यका पानाहरूमा आफ्नो उमेर र रुचिअनुसारका साहित्यिक कृतिहरू लेख्न पढ्न र चित्र कोरेर बामे सर्न थालेका छन् । रामबाबु सुवेदीले बालकहरूको बालमस्तिष्कलाई बुझेर नै बालसाहित्यमा हात हालेका हुन् । बालमस्तिष्कलाई कस्ता किसिमका बालगीत, बालकविता, बालकथा बालगीतिकाव्य, बालचित्रकथा, बालएकाङ्की आदि मन पर्दछन्, त्यो कुरा सुवेदीलाई थाहा छ । सुवेदीले बालमस्तिष्कको बालमनोविज्ञानलाई बुझेका छन्र त उनले लेखेका धेरै कृतिहरू आज बालबालीकाले सिक्ने साधन र सिक्ने थलो बनाउन सफल भएका छन् । उनका बालसाहित्यिक कृतिहरू बालबालिकाले मात्रै नभई युवा–युवती, बृद्ध–वृद्धाहरूले पनि उत्तिकै मन पराएका छन् । विदेशीभूमिमा बालसाहित्यको धेरै विकास भइसकेको छ तर नेपालमा नेपाली बालसाहित्यको ठूलो अभाव खड्किरहेको छ भन्दै सुवेदी पनि यसै कार्यमा लागेका छन् । हुन त नेपालमा विं.स. १९४९ मा गंगाधर द्रनिडले गोरखा पैद्ला किताव भाग १ प्रकाशन गरेर बालसाहित्यमा हात हालेका थिए । त्यो समय भनेको राण कालको समय हो । त्यतिखेर विद्यालयहरू धेरै खुलेका थिएन्न तर पनि आआफ्नो घरका बालबालिकाहरूलाई अक्षर चिनाउनका लागि समेत द्रविडले त्यसतर्फ कलम चलाएको अनुमान गर्न सकिन्छ । द्रविडले खनी खोस्री गरेर निर्माण गर्न लागेको साहित्यको गोरेटो बाटोलाई वर्तमानको समयसम्म आइपुग्दा सिंढी लगाउने र फराकिलो बनाउने कार्य तर्फ केही व्यक्तिहरू लागेको पाइन्छ तिनै व्यक्तिहरू मध्येका एक व्यक्ति हुन् रामबाबु सुवेदी । सुवेदी जानी जानी बालसाहित्यतिर बढी झुकेका छन्। झुक्नु भित्र अनेक अर्थ छन् । तिनै अर्थको फेर समातेर उनी भन्छन् “बालसाहित्य आजको आवश्यकता हो, बालबालिका भनेका हाम्रा वर्तमान हुन्र भविष्य पनि हुन्, उनीहरूको वास्ता गर्नु भनेको समस्त राष्ट्रको वास्ता गर्नु हो ।” आजका कोपिला नै भोलीका वटवृक्ष हुन् । वटवृक्ष राम्रा भए नै फूल र फलहरू राम्रा हुन्छन् । बालकहरूको कलिलो बालमस्तिष्कमा समाजका राम्रा पक्षहरू बेरोकटोक राख्नु पर्दछ । बालबालिकाहरू शारीरिक रूपमा पनि स्वस्थ हुनुपर्दछ साथै मानसिक रूपमा पनि स्वस्थ हुनुपर्छ । समष्टिमा भन्दा उनीहरूको संसार फुक्नुपर्छ, फैलनुपर्छ र व्यापक हुनुपर्छ । वास्तवमा त्यो संसार खुम्चनु हुँदैन र ठिमुरिनु पनि हुँदैन् । आज सबैले सोच्नुपर्ने विषय भनेकै बालबालिका हुन् । सपार्नुपर्ने विषय भनेकै बालबालिकाहरू हुन् । बालबालिकाहरू हाम्रा धरोहर हुन् । बालबालिकाको संसार व्यवधानविना सप्रनुपर्छ । त्यो सपार्ने दायित्व हाम्रो हो त्यो दात्विबाट हामी भाग्न पनि सक्दैनौँ, पन्छिन्पनि सक्दैनौँ यो यथार्थ सत्य हो भन्छन् रामबाबु सुवेदी ।
बालसाहित्यले बालकहरूको मनोग्रन्थीलाई स्वस्थ बनाउँछ । यसले उनीहरूका मन र मस्तिष्कलाई माझछ, उजिल्याँउछ र रङ्गीन बनाउँछ । साहित्य त्यस्तो तत्व हो जसले व्यक्तिको अन्तर्मनलाई सफा गर्छ । मन सफा भए नै तन सफा हुन्छ । हामीसँग सम्पूर्ण जनसङ्ख्याको ४०% बालबालिकाहरू रहेका छन् तर बालसाहित्य त्यो मात्रामा विकास भइसकेको छैन् । बालबासाहित्य सोचे अनुरप विकास नहुनु भनेको समस्या हो । हामीले समस्यालाई राम्ररी केलाउनु पर्दछ । यसको तथ्यगत समाधान निकाल्नु पर्दछ । समस्यालाई ज्युँका त्यँ राखिराख्यौँ भने हाम्रा भोलीका कलिला बालमस्तिष्कले दुःख पाँउछन्, हामीले बेलैमा सही समाधान निकाल्नै पर्दछ । सही समाधान भनेको बालसाहित्यको प्रवद्र्धक, विकास र सम्वद्र्धन हो । यही यथार्थलाई मनन् गरी सुवेदी यसक्षेत्रमा लागेको पाइन्छ । बाल साहित्यको क्षेत्रमा कवि रामबाबु सुवेदी यस क्षेत्रमा लागेको पाइन्छ । बालसाहित्यको क्षेत्रमा कवि रामबाबु सुवेदीको रुचिले काम गरेको छ । रामबाबु सुवेदी बालसाहित्यका ख्यातिप्राप्त सर्जक हुन् । उनका लगभग ४० वटा भन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् । उनका केही कृतिहरू अङ्ग्रेजी, कोरियाली, चिनियाँ र उर्दु भाषमा पनि प्रकाशित छन् । साहित्य रचना गरेर कहिल्यै नथाक्ने एक अथक स्रष्टाको नाम हो रामबाबु सुवेदी । उनका रचनाहरूमा देश बोल्छ, बालबालिकाको मनोविज्ञानलाई छोइने गरी अभिव्यक्ति दिइएको छ । उनका बालगीतहरू सङ्गीतबध्द भइसकेका छन् । ती सबै गीतहरू बालबालिकाहरूले रुचाएका, गाएका र मन पराएका छन् । जीवनका विभिन्न उकाली–ओराली र प्रतिकुलताहरूसँग सङ्घर्ष गर्दै उनी यस विद्यालाई कसरी फूलाउन र फलाउन सकिन्छ भन्दै आफूमात्रै नभइकन अन्य साहित्यप्रति रुचि राख्ने व्यक्तिहरूलाई पनि यस विद्यातर्फ लाग्न प्रेरित गरिरहन्छन् ।
कुनै पनि व्यक्तिको साहित्यिक पृष्ठभूमि उसको जीवनमा घटेका जीवन संघर्षका अनुभूतिहरूले नै साहित्य लेखनमा प्रत्यक्ष रूपमा प्रभाव पारिरहेको हुन्छ । सुवेदीको साहित्यिक यात्रामा पनि उनको जीवनमा घटेका घटनाहरूको प्रभाव पर्नु कुनै नौलो कुरा होइन्। उनको लगभग साढे पाँच दशक समयसम्मको साहित्यिक कृतिहरूको अध्ययन र अनुसन्धान गर्दा उनका धेरै कृतिहरूमा उनले बालककालमा भोगेका अनुभूति गरेका प्रत्यक्ष र अप्रत्यक्ष उनकै जीवन कहाँनीका छायाँहरू हुन्की द्ध भन्ने लाग्दछ । सुवेदी मूलतः बालसाहित्यको क्षेत्रमा प्रगतिशील चेतनाबाट प्रेरित भएका बालसाहित्यकार हुन्। उनी बाल बालिकाहरूलाई परम्परादेखि चल्दै आएको विकृति विरुद्ध सचेतमात्र गराउँदैनन् उनीहरूलाई त्यसको नेतृत्व गर्न पनि प्रेरित गर्दछ नेपाली समाजमा व्यापकरूपमा पैmलिएको रुढीवाद, कुसंस्कार, शोषण, दमन, वर्गविभेद लगायतका कुरीति विरुद्ध उनी बालसाहित्यका माध्यमबाट बालबालिकाहरूलाई सचेत बनाउने उद्देश्यबाट अघि बढीरहेका छन् । यसरी उनले करिव साढे पाँच दशकको समयमा नेपाली बालसाहित्यको माध्यमबाट नेपाली समाजलाई परिवर्तन गर्नका लागि गरेको प्रयास आफैमा उदाहरणीयका साथै स्तुत्य रहेको छ ।
सुवेदीका बालकथा, बालकविता, बालचित्रकविता, बालसचित्रकथाहरूमा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक मनोरञ्जनात्मक, पर्यावरणीय र मनोवैज्ञानिक पक्षको चित्रण गरिएको पाइन्छ । त्यसरी नै केटाकेटीहरूलाई कसरी पढाउने, कसरी सिकाउने र उनीहरूलाई कस्तो वातावरण तयार गर्नुपर्छ भन्ने कुरा पनि उनका रचनाहरूमा पाइन्छ । त्यति मात्रै नभइकन उनका बालसाहित्यहरूले समाजमा व्याप्त कुरीति, कुसंस्कृति, अन्याय, अत्यचार, शोषण, अपहेलना, राजनीतिक खरबीको अन्त्य गरी आशावादी जिन्दगीको बीजारोपण गरेको पाइन्छ । छोटा, छरीता, रोचक, ज्ञानवद्र्धक र सन्देशमुलक उनका बालसाहित्यले अन्याय, अत्याचार अभाव, गरिबी, संघर्ष, पीडा, अपमान र रुढीवादी प्रवृत्तिको विरोध गरेका छन् । उच्चवर्गीय र निम्न वर्गीय पात्रहरूको स्वभाविक चित्रण गर्दै उच्च वर्गका पात्रहरूमा देखिने शोषण–दमनको चित्रण र निम्न वर्गको गरिवी अभाव अशिक्षा र संघर्षलाई उनले आफ्ना बालसाहित्यमा विशेष स्थान दिएका छन्। उनका बालसाहित्यका पात्रहरू गरिब, दलित, सडक, बालबालिका, मजदुर किसान आदिका दुःख, अभाव, बाध्यता र जीवन संघर्षहरूलाई उनले आफ्ना रचनाहरूमा उतारेका छन् । कवि सुवेदी करुणा, आक्रोश, आशा, विश्वास, विद्रोह र विजयका गायक हुन् । उनका कविताहरूले नेपाली जनताको मुक्ति, सुखी, समृद्ध नयाँ नेपालका सपनाहरू बोकेका छन्। आधुनिक नेपाली काव्य क्षेत्रमा उनका रचनात्मक क्रियाकलापहरू हाम्रो साहित्यको उज्जवल भविष्यका सङ्केत हुन् ।
रामबाबु सुवेदीले नेपाली साहित्यलाई धनी बनाउने व्रmममा सबैभन्दा पहिला प्रकाशित भएको कृति एक दुई धारा २०२४ हो यो संयुक्त रूपमा प्रकाशित भएको कृति हो । यो कृति कास्की जिल्लाका टीकाराम रेग्मी र रामबाबु सुवेदीद्वारा लेखिएको सङग्रह हो । त्यसरी नै २०३९ सालमा प्रकाशन भएको कृति ‘कमिनी आमा’ हो । यो कृति दोस्रो पटक २०६७ मा पनि प्रकाशीत भएको छ, ‘गंगा’ २०४४, ‘झस्किएको सिन्दुर’ २०६६ । उनले खण्ड काव्यहरु पनि रचना गरेका छन् । ‘लु सुन’ छ खण्डकाव्य २०३८ मा प्रकाशन भएको हो । उनका बालकविता सङ्ग्रह अन्तर्गत भँगेरी २०५१, बालबोध २०५२ नेपाल आमा२०५६, रहेका छन् । त्यसरी नै बालगीत सङग्रहमा जमुनीको छोरा २०४१, बाँ बाँ बाच्छी २०४४, घान्द्रुक झलल २०४९, हाम्रा गीत २०७६, आमा २०७६, छन् । बालकाव्यहरूमा पानी पानी २०४९, आगोपानी २०६५ हुन् । बालगीत काव्यमा छाउरा–छाउरी २०६६, गाई र घोडा २०७५, छतरी २०६८, म हुँ फलाम २०७०, चमेलीको माया २०७५, त्यसरी नै बाल कथा सङ्ग्रश आँटी पुतली २०७३, माटोको माया २०७४, रहेका छन् भने सुवेदीले बालचित्रकथा पनि लेखेका छन्भ्यागुतो र बाच्छी २०३७, च्यान्टे घोडाको कथा २०६०, चमेलीको बास्ना २०६०, उपमा मामाघरमा २०६६ पहिलो प्रकाशन र दोस्रो २०७६मा, एककचौरा दुध २०६७, पूmलझरीको बिहे २०७० र बुधना २०७१ हुन्। रामबाबुले बालएकाङकी मात्र पनि हात हालेका छन् बालएकाङकी सङ्ग्रहमा अनाथका नाथ २०७१ रहेको छ । संयुक्त बाल कविता सङ्ग्रह अन्तर्गत बाललीला २०५७, बालभेला २०५८, ताराबाजी लै लै २०५९, रहेका छन् । रामबाबु सुवेदीका पाठ्यक्रम विकास केन्द्र सानो ठिमी शिक्षा सम्बन्धी सातओटा कृतिहरू प्रकाशित गरेको छ । यी कृतिहरू पनि धेरै जसो बालकुतिहरू नै हुन् । उनले बालपुस्तकहरूको सम्पादन पनि गरेका छन् सुवेदीका रुचिका विषयहरू खासगरी तीन ओटा रहेका छन्, लेखन, भ्रमण र सेवा ।
सुवेदी विभिन्न संघसंस्थामा पनि आवद्ध रहेका छन्, उनी किताव नेपालका अध्यक्ष, देवकोटा लु–सुन प्रज्ञा प्रतिष्ठानका उपाध्यक्ष, नेपाल चीन मैत्री फोरमका उपाध्यक्ष, नेपाल बालसाहित्य समाजका पूर्व–अध्यक्ष युगकवि सिद्धिचरण प्रतिष्ठानका प्रवक्ता, पुम कोरियाका सल्लाहाकार, नेपाल पेस्टालोजी वल्र्डका सल्लाहाकार र त्यसरी नै नेपाल रेडक्रस सोसाइटीका आजीवन सदस्य, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पनि आजीवन सदस्य रहेका छन् भने बालवाङ्मय तथा अनुसन्धान केन्द्रका पनि आजीवन सदस्यका रूपमा रहेर नेपाली साहित्यको सेवा गरिरहेका छन् । उनी हिमालयन् छटोरी नामक म्याग्जिनको प्रथम सम्पादक पनि भए ।
रामबाबु सुवेदी
यसरी नेपाली साहित्य, बालसाहित्य र शिक्षाको क्षेत्रमा सेवा गरे वापत सुवेदी विभिन्न संघसंस्थाद्वारा पुरस्कृत र सम्मानित भएका छन् । रामबाबु सुवेदीले प्रज्ञा–प्रतिष्ठान पदक २०२४, राष्ट्रिय निवन्ध प्रतियोगिता प्रथम २०२५, प्रबल गोरखा दक्षिण बाहु २०५०, गरिमा सम्मान पुरस्कार २०५४, दीपस्मृति पुरस्कार २०५४, प्रख्यात त्रिशााक्तिपट्ट २०५५, उत्कृष्ट बालसाहित्य पुरस्कार २०५५, साझा बालसाहित्य पुरस्कार २०५७, शिक्षा पुरस्कार २०६० सुप्रबल जनसेवा श्री (तृतीय) २०७७ पनि उनले हात पार्न सफल भएका छन् । रामबाबु सुवेदीले नेपालका ७७ओटै जिल्लाको भ्रमण गर्नुको साथै भारत, चिन, बेलायत, फ्रान्स, जर्मनी इटाली, स्वीजरल्याण्ड, अस्ट्रिलया जापान, दक्षिण कोरिया, आयरल्याण्ड आदि देशहरूको अध्ययन भ्रमण पनि गरेका छन् ।
निष्कर्षः वि.सं. २००४ साल जेठ १४ गते कास्की जिल्लाको रूपा गाँउपालीका अन्तर्गत हँसपुरमा जन्मिएका रामबाबु सुवेदीको नाम नेपाली साहित्यको क्षेत्रमा अग्रस्थानमा रहेको छ। नेपाली साहित्यको क्षेत्रमा उनी राजीव नामले परिचित रहेका छन्। उनी नेपाली साहित्यमा पनि विशेष गरेर बालसाहित्यको क्षेत्रमा उनले धेरै कृतिहरू लेखेका छन् । नेपाली साहित्यमा उनका ४० ओटाभन्दा बढी कृतिहरू प्रकाशित भइसकेका छन् । प्रकृतिवादी चेतनाका सम्बादक सुवेदीका बालसाहित्यहरू प्रगतिवादी विचारधारा तर्फ नै केन्द्रित रहेका छन्। उनले आफ्ना कृतिहरू मार्फत बालमस्तिष्कलाई आवश्यक पर्ने खुराक पस्कन पुगेका छन्। आजका बाल मस्तिष्कलाई हामी जस्तो संस्कार, संस्कृति र शिक्षा सिकाउँछौँ उनीहरूले त्यस्तै संस्कार, संस्कृति र शिक्षा आर्जन गर्न सक्छन्भनेर नै उनले भविष्यका कर्णधारका आजका बालमस्तिष्कलाई असल संस्कार, संस्कृति र शिक्षा दिन सकियो भने उनीहरूले भविष्यमा देशको उन्नति र विकास गर्न सक्छन्भन्ने सोचाइ राखेर नै उनी बालसाहित्यमा लागेका हुन्। सुवेदी कविहुन्, कथाकार हुन्, एकाङ्कीकार हुन्, सम्पादक हुन्, गायक पनि हुन्। बहुप्रतिभा धनी सुवेदीले नेपाली साहित्यलाई धेरै गुन लगाएका छन् । नेपाली साहित्य र नेपाली साहित्यको पनि बालसाहित्यको क्षेत्रमा योगदान गरे वापत उनी विभिन्न संघसंस्थाहरूबाट पुस्कृत र सम्मानित भएका छन्।
खगेश्वर सापकोटा
गोरखा
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij